शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
स्वास्थ्य
  • गृहपृष्ठ
  • निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते
निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, चैत २१, २०७८
received554449755862307-0442022091858-1000x0
पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवासकुमार पटेल, हरिहरपुरका २८ वर्षीय जितेन्द्र पटेल, भारत बिहारका २५ वर्षीय धनन्जय ठाकुर, सोही ठाउँका २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव, गोरखाका २३ वर्षीय सृजन परियार रहेका छन् । घाइतेमध्ये बाराका रामनिवास र भारत बिहारका धनन्जयको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो। पुलको काम गर्ने क्रममा आइतबार बेलुकी ७ बजेतिर क्रेनले बिम मिलाउने क्रममा सामान्य त्रुटि हुँदा दुर्घटना भएको डिभिजन प्रमुख लम्सालले बताउनुभयो। निर्माणाधीन पक्की पुल निर्माणको क्रममा क्रेनले फलामको बिममाथि उचाली कामदारहरुलाई उक्त बिम जोड्ने काम गर्दा अचानक बिमसहित कामदारहरु खसेको उहाँले बताउनुभयो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । डिभिजन सडक प्रमुख लम्सालका अनुसार काम गर्ने क्रममा त्रुटि भएकाले घटना भएको बताउनुभयो । क्रेनले बिम राख्दा सन्तुलन नमिल्दा दुर्घटना भएको हुनसक्ने उहाँले बताउनुभयो । तीन स्पानको ट्रस पुल हो । एक स्पानको काम भइरहेको थियो । टेका र क्रेनकै कारण यस्तो भएको हो । कामदारहरुले सुरक्षित हुनका लागि हेल्मेटसमेत नलगाएका कारण बढी घाइते भएको स्थानीयले बताउनुभयो। २०६८ सालमा ठेक्का भएको पुल अझै अलपत्र छ । यस्तै, इलाईटरएसबिए जेभीले प्याक्लुक–दामाचौर पुलको ठेक्का पनि २०६८ असार २६ मै सम्झौता भएको थियो । १३ करोड ६८ लाखमा ठेक्का भएर निर्माण सुरु भएको दामाचौर पुलमा पनि बिडिए नेपाल प्रालि कन्सल्टेन्ट रहेको थियो । ekantipurबाट
प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १३:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP