शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन (भिडिओ/तस्बिरहरु)
कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन (भिडिओ/तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, चैत २४, २०७८
IMG_3838
कुईनेखानी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८,कुईनेखानी गाउँ जोड्ने ग्रामीण सडक उद्घाटन सम्मन्न भएको छ । बुधबार गाउँपालिकाको अति दुर्गम क्षेत्र मानिने गाउँमा पुगेको सडकको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ र रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले जिल्लाका दुर्गम क्षेत्रमा सडक सञ्जाल, विद्युतिकरण सहितका अति आवश्यक पूर्वाधारका लागि निरन्तर बजेटको माग गरिएको बताउनुभयो । ‘कुईनेमा जोडिएको सडकले धेरै सुविधा थपिएको छ,‘अन्य समस्याहरुका बारेमा समेत सम्बन्धित निकायमा पुग्नेछु’ सभापति गर्बुजाले भन्नुभयो ।उहाँले रघुगंगा र घवलागिरी गाउँपालिका जोड्ने सडक सञ्चाल समेत प्राथमिकतामा रहेको बताउनुभयो । https://youtu.be/KHtTQl3PnV0 सोही कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले सडकलाई स्तरोन्नति गरी बाहै्र महिना संचालन गर्न मिल्ने बनाउने बताउनुभयो ।‘हिमपात र बर्खाको समयमा हुने समस्या समाधानका लागि प्रतिबद्ध छौ,‘गाउँलेको चाहना र पालिकाको सपना पुरा भएको छ’ अध्यक्ष भण्डारीले भन्नुभयो । सडक सञ्जाल जोडिएपछि गाउँमा उत्पादन हुने कृषिजन्य बस्तुको बजारीकरणमा समेत सहज भएको बताउनुभयो । उहाँले आगामी बर्ष गाउँसम्म केन्द्रिय विद्युतीकरण समेत गरिने बताउनुभयो । सोही अवसरमा रघुगंगाकी उपप्रमुख कमला तिलिजा, वडा अध्यक्ष गमान छन्त्याल,नेपाली कांग्रेसका उपसभापति केबी भण्डारी, प्रदेश ‘क’ का सभापति ओम छन्त्याल, तरुण दलका अध्यक्ष मुकुन छन्त्याल,समाजसेवी भरत छन्त्याल, चित्रमान छन्त्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।   रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण भएको हो । ठाडाखानी–भेडिखाल्टा–कुईने सडकखण्ड अन्तरगत थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालु आवमा ९१ लाख १२ हजार ३०९ कुल लागतमा गण्डकी प्रदेश सरकारको समपुरक बजेटबाट ५० लाख, गाउँपालिका ३३ लाख ५० हजार रहेको समितिका अध्यक्ष च बहादुर छन्त्यालले बताउनुभयो ।‘सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ,‘हामीलाई अव सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।   रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइने जोड्ने १२ किलोमिटरको सडक निर्माण भएको हो । ठाडाखानी–भेडिखाल्टा–कुईने सडकखण्ड अन्तरगत थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिले सडक विस्तारमा चालु आवमा ९१ लाख १२ हजार ३०९ कुल लागतमा गण्डकी प्रदेश सरकारको समपुरक बजेटबाट ५० लाख, गाउँपालिका ३३ लाख ५० हजार रहेको समितिका अध्यक्ष च बहादुर छन्त्यालले बताउनुभयो ।‘सडकमा स्थानीय र सहयोगदाताको योगदान अतुलनीय रहेको छ,‘हामीलाई अव सदरमुकाम बेनी र पालिकाको केन्द्र मौवाफाँट पुग्न सहज भएको छ’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।   सडक गाउँमा पुगेको खुसीयालीमा स्थानीयबासीले नाचगान समेत गरेका थिए । सडक सञ्जालमा जोडिएसँगै कुइनेका बासिन्दालाई १ दिन लाग्ने सडक पाँच घण्टामा छोट्टिएको छ । सदरमुकाम बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर रहेको छ । बाटो निर्माण समितिका अध्यक्ष छन्त्यालको अध्यक्षता मालिका अधारभुत विद्यालयका प्रअ खिममायाँ छन्त्यालको स्वागत र पूर्ण छन्त्यालले सञ्चालन कार्यक्रम सम्पन्न भएकोे थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०७:३३
थप म्याग्दी
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP