शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • अध्यागमनमा विदेशीले २०० डलर नगद बुझाउनुपर्ने निर्णय खारेज
अध्यागमनमा विदेशीले २०० डलर नगद बुझाउनुपर्ने निर्णय खारेज
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, वैशाख ६, २०७९
immigration-depatment-adhyagaman-bivag_20180923053044
काठमाडौं । गृह मन्त्रालयले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउनुपर्ने भनि गरेको निर्णय स्थगन गरेको छ । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विदेशी नागरिकहरुलाई दुई सय अमेरिकी डलर लिएर आउन गरिएको अनुरोधलाई स्थगन गर्ने,’ गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले आज एक सूचना प्रकाशित गर्दै भनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरुले तिर्नु पर्ने भिसा शुल्कको भुक्तानी सहजीकरण प्रयोजनका लागि २०० अमेरिकी डलर साथमा ल्याउन टिआइए अध्यागमन कार्यालयले वैशाख तीन गते एक सूचना प्रकाशित गरी धन्नु भएको थियो । सो निर्णयको व्यापक आलोचना भएपछि अध्यागमनले आज अर्को सूचना प्रकाशित गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको हो । मंगलबार अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईको संयोजकत्वमा टिआइए नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक, अध्यागमन कार्यालय टिआइएका प्रमुख, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरुको उपस्थितिमा छलफल गरी उक्त निर्णय स्थगित गरिएको हो । टिआइएमा हाल सेवा दिइरहेको राष्ट्रिय वाणिज्य बैंकले हाल सञ्चालनमा रहेको पिओएस मेसिनहरु थप गर्ने, पेमेन्ट गेटवेलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने, आगमन कक्षतर्फ एउटा र प्रस्थान कक्षतर्फ एउटा एटीएम मेसिन थप गर्ने गरी आवश्यक प्रबन्ध मिलाउने निर्णय समेत गरिएको छ । भिसा शुल्क सम्बन्धमा कुनै असुविधा परेको नपरेको विषयमा टिआइए अध्यागमन कार्यालय, नागरिक उड्डयन कार्यालय र राष्ट्रिय वाणिज्य बैंकले नियमित अनुगमन र निगरानी गरी तत्काल सूचना आदान प्रदान मार्फत समस्या समाधान गर्ने निर्णय समेत गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १४:१४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP