शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
म्याग्दी
  • गृहपृष्ठ
  • पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?
पाँच पालिका र ४० वडाको मतगणना सकिँदा म्याग्दीमा कसले कहाँ जिते ?
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ३, २०७९
save
बेनी । स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीका पाँच वटा स्थानीय तह र ४० वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतगणना सार्वजनिक भएका दुई वटा पालिकामा एमाले अध्यक्ष, उपाध्यक्ष दुवै, एक वटामा मेयर,कौग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष र माओवादीले एक उपमेयर र एक उपाध्यक्ष जितेका छन ् । मतपरिणाम सार्वजनिक भएका ३९ वटा वडा मध्य एमालेले २० , कांग्रेसले १४ र माओवादीले ६ वटा वडा हाँसिल गरेको छन् । अन्नपूर्ण गाउँपालिका र ५ वडाको मतपरिणाम सार्वजनिक हुन बाँकी छ । बेनी नगरपालिकाको मेयरमा एमालेका सुरत केसी र उपमेयरमा माओवादीकी ज्योती लामिछाने पौडेल निर्वाचित हुनुभएको छ । मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेग प्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मी देवी पुन घर्ति निर्वाचित हुनुभएको छ । रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भव बहादुर भण्डारी र उपाध्यक्षमा प्रेम कुमारी पुन विजयी हुनुभएको छ । मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकी प्रेम कुमारी अधिकारी (पेमा) निर्वाचित हुनभभएको छ । धवालागिरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका प्रम प्रसाद पुन र उपाध्यक्षमानेकपा माओवादी केन्द्रका रेशम पुन विजयी हुनुभएको छ । स्थानीय तह चुनावमा धवलागिरीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए । एमालबाट बेनी नगरपालिका १ मा टेक बहादुर थापा ,५ मा गोविन्द बानियाँ , ६ मा कृष्णसिंह बानियाँ ,८ मा उत्तम कुमार कर्माचार्य , १० मा मसविर रोका विजयी हुनुभएको छ । त्यसैगरी मंगला गाउँपालिका १ कुहुँमा एकजित रोका, २ बाबियाचौरमा धनबहादुर खाति क्षेत्री,५मा भुपेन्द्र खत्री ,मालिका २ मा उदय बहादुर बुढाथोकी , ६ मा पथबहादुर रोका , ७ मा टकलाल पुन , धवलागिरी २ मा अक बहादुर वि.क, ४ मा याम बहादुर घर्ति , ६ मा राजाराम उपाध्याय , रघुगंगा २ भगवतिमा अमृत भण्डारी , ३ पिप्लेमा खिम बहादुर शाही ,७ मा रिम पाक्ष्जा , अन्नपूर्ण १ दोवामा दिलिप कुमार गर्बुजा , २ भुरुङ्ग तातो्पानीमा ओम प्रकाश फगामी र ३ मा रमेश पुर्जा विजयी हुनुभएको छ । कांग्रेसबाट बेनपा २ मा याम कार्की ,७ मा रमेश कुमार श्रेष्ठ , ९ मा चक्र केसी , मंगला ४ मा लाल बहादुर रोका ,मालिका १ मा टंक प्रसाद पुन ,४ मा भिजेन्द्रमान पुन , ५ मा मिम पुन , धवलागिरीमा ३ देवेन्द्र रोका , ५मा अमर छन्त्याल , रघुगैगा १ मा बिल बहादुर फगामी ,४ मा पविन गर्बुजा , ५ मा मन बहादुर शेरपुजा , ६ मा मन कुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रबाट बेनपा ३ मा पदम पुन । ४ मा अण बहादुर खड्का (भगवान), मंगाला ३ मा याम रोका ,मालिका ३ मा मोति प्रसाद बुढा , धवलागिरी १ मा झक बहादुर छन्त्६याल र ७ मा अशोक खत्री निर्वाचित हुनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  ११:२४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP