शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पेट्रोलबाट चल्नेलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नु पर्ने
पेट्रोलबाट चल्नेलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नु पर्ने
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ ५, २०७९
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पेट्रोलियम पदार्थको आयातले मुलुकमा व्यापार घाटा अत्यधिक बढाएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युएन इस्क्यापले आयोजना गरेको ‘सार्वजनिक यातायातको विद्युतीकरण’ विषयक गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले पेट्रोलियम पदार्थको आयातले मुलुकमा डरलाग्दो व्यापार घाटा भएकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको इन्जिनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । ‘अहिले पेट्रोलियम पदार्थको आयातले मुलुकको व्यापारघाटा डरलाग्दो अवस्थामा छ’, उहाँले भन्नुभयो– ‘सरकारले इन्धनबाट चल्ने सवारीसाधनलाई आवश्यक छुट र सहुलियत दिएर भए पनि विद्युतीकरण गर्न प्रोत्साहन गर्नुपर्ने बेला भएको छ।’ मन्त्री झाँक्रीले भन्नुभयो– ‘सरकारले विद्युतीय सवारीसाधनलाई प्रवद्र्धन गर्ने खालको कानुन निर्माण गर्न सघाउनेछ ।’ मन्त्री झाँक्रीले नीतिगत रूपमा डिर्पाचर हुने गरी नै विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले मन्त्रालयले यातायात व्यवस्थापन प्रणालीलाई सुधार्ने गरी काम गरिरहेको बताइन्। ‘मन्त्रालयले विद्युतीय सवारी साधनलाई प्रवद्र्धन गर्ने खालको नीति अघि सार्दै आइरहेको छ’, उहाँले भन्नुभयो– ‘अहिलेसम्म कुल दर्ता भएका मध्ये दुई प्रतिशत सवारीसाधन विद्युतीय सवारीसाधन रहेका छन्। सरकारले सार्वजनिक यातायातलाई पनि विद्युतीय बनाउन अविलम्व काम गर्दै आइरहेको छ।’ सरकारले सन् २०३० अर्थात् ८ वर्षभित्र दुई पाङ्ग्रे निजी सवारी साधनसहित ९० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने लक्ष्य राखेको छ। त्यति मात्रै होइन्, सार्वजनिक सवारीसाधन पनि ६० प्रतिशत विद्युतीय सवारी साधन पु¥याउने घोषणा गरेको छ। यसका साथै सन् २०३० भित्र २ सय किलोमिटर विद्युतीय रेल नेटवर्क निर्माण गर्ने लक्ष्य पनि राखिएको छ। युएन इस्क्यापका ट्रान्सपोर्ट रिसर्च एण्ड पोलिसी सेक्सनका प्रमुख मदनबन्धु रेग्मीले सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सार्वजनिक यातायातलाई विद्युतीकरण गर्दा आवश्यक सहुलियत र छुट उपलब्ध गराउनुपर्ने बताउनुभयो। ‘सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न प्रोत्साहन गर्ने खालको नीति अघि सार्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो– ‘विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्नुको विकल्प छैन।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल अब विद्युतीय सवारी साधनमा नगई सुखै नभएको बताउनुभयो । ‘छिमेकी मुलुकमा विद्युतीय सवारी साधनतर्फ आकर्षण बढ्दै गइरहेको छ। त्यसैले पनि नेपाल चाहेर वा नचाहेर पनि विद्युतीय गाडीमा जानुको विकल्प छैन।’ मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेपालमा विद्युतीय सवारीसाधनको मुविलिटी पछिल्लो समय ह्वातै वृद्धि भएको बताउनुभयो। ‘अहिले सर्वसाधारणको पनि विद्युतीय सवारी साधनतर्फ आकर्षण बढेको छ’– उहाँले भन्नुभयो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९  १२:१०
थप राष्ट्रिय
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य
बेनी–जोमसोम–कोरला सडक मर्मत तीव्र : दसैँअघि नै सवारी सञ्चालन गर्ने लक्ष्य मंगलबार, असोज २०, २०८३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP