शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • दानाको मतिचौरमा घना जंगलको विचमा १०८ धारा
दानाको मतिचौरमा घना जंगलको विचमा १०८ धारा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, जेठ २२, २०७९
111
म्याग्दीको अन्नपुर्ण गाउँपालीका ३ दानाको मतिचौर स्थित मोति बराहमा निर्माण गरिएको १०८ धाराको शनिबार उद्घाटन गरिएको छ । समुन्द्री सतह देखि २२ सय मिटर उचाइमा रहेको धार्मिक एवम् पर्यटकीय स्थल मतिचौरमा धार्मिक पर्यटनको बिकास गर्ने उदेश्यले निर्माण गरिएको १०८ धाराको वडा अध्यक्ष रमेश पुर्जा, चन्दा दाता, समाजसेवी कृष्ण तुलाचनले उद्घाटन गर्नुभएको हो । सोही अवसरमा धारा नजिकै निर्माण गरिएको बिष्णुलक्ष्मी मन्दिरको भूपु आर्मी एवम् जग्गादाता दुर्गाबहादुर पूर्जा र कपडा फेर्ने कक्षको कार्यपालिका सदस्य आशा गुरुङले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएको वडा अध्यक्ष पूर्जाले मोतिचौर बराहको विकासका लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो । वडाबासीहरुको चाहना अनुसार काम गर्ने बताउँदै पूर्जाले यदि मतिचौर सम्म नै सडक सुविधा पु¥याउनु पर्छ भन्ने स्थानीयको माग भयो भने त्यसलाई पनि पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस क्षेत्रमा पुग्ने पर्यटकको सुविधाका लागि अझै थप भौतिक संरचनाहरु निर्माणमा जोड दिने अध्यक्ष पूर्जाको भनाई थियो । त्यस्तै हाल युके निवासी चन्दादाता एवम् समाजसेवी कृष्ण तुलाचनले दाना गाउँको विकासमा युके लगायत विभिन्न देशमा रहेका दानाबासीहरुको महत्वपूर्ण साथ, सहयोग सधैभरि रहने बताउनुभयो । उहाँले निर्माण भएका संरचनाहरुको संरक्षणमा ध्यान दिन आवश्यक रहेको भन्दै मर्मत सम्भारका लागि कोष बनाउनु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले शिक्षाको क्षेत्रमा दानाका लागि करिव डेड करोड रकम संकलन गरि ज्ञानप्रकाश माविको कोषमा राखिएको जानकारी गराउँदै अव धार्मिक पर्यटनको विकास, कला संस्कृतिको संरक्षण र नागरिकको स्वास्थ्यका विषयमा प्रवासमा रहेका दानाबासी एकजुत हुन आवश्यक हुने बताउनुभयो । कार्यक्रममा ज्ञानप्रकाश माविका उच्चमावि संयोजक बाबुराम पौडेल, पूर्व कार्यपालिका सदस्य थम बहादुर विक लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । आर्थिक बर्ष २०७७/०७८ मा अन्नपुर्ण गाउँपालीका बाट बिनियोजित रु आठ लाख, देश तथा बिदेशमा रहेका दाना बासीहरुबाट प्राप्त सहयोग रु बाह्र लाख गरि कुल २० लाखको लगानीमा सो धारा लगायतका संरचना निर्माण गरिएको मोतीचौर बराह १०८ धारा निर्माण उपभोक्ता समितिका अध्यक्ष गंगा बहादुर थापाले बताउनु भयो । धारामा स्नान गरेपछि कपडा फेर्नका लागि महिला र पुरुषका लागि छुट्टाछुट्टै कोठा भएको हल बनाईएको छ । धारा नजिक काटमार विहिन शुद्ध पूजाआजाका लागि विष्णु लक्ष्मीको मन्दिर निर्माण गरिएको छ । धारा, मन्दिर लगायत सवै संरचनाहरुमा रंगरोगन गरि चिटिक्क पारिएको छ । मोति बराहका संरक्षक टेक बहादुर थापा, लेफ्टिनेन्ट बेल बहादुर पुर्जा, हरिमाया राम्जाली, आनन्द शेरपुञ्जा, अन्नपुर्ण गाउँ कार्यपालीका सदस्य थम बहादुर बिश्वकर्मा लगाएतको पहलमा उक्त धारा निर्माण गरिएको हो । पबित्र धार्मिक स्थलमा भक्तजनहरुलाई आकर्षित गर्न र आन्तरिक पर्यटनलाइ पनि प्रवद्र्धन गर्नका लागि १०८ धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिब गंगा पुनले बताउनुभयो । यसले सो क्षेत्रको बिकास र प्रचारमा थप सहयोग पुग्ने पुनको भनाई छ । उहाँले १०८ धाराले मोति बराह क्षेत्रलाई मिनि मुक्तिनाथको रुपमा चिनाउन सफल हुने विश्वास गर्नुभयो । भारतको राजस्थानबाट ढुङ्गा र गाईमुखी लिएर धारा बनाइएको छ । हिउँदमा पनि नसुक्ने १०८ वटा मुलहरु बाट पानी ल्याइएकोले पनि यो धाराको बिषेश महत्व रहेको छ । यहाँ स्नान गर्ने भक्तजनहरुको मन शुद्घ हुने र मनोकाँक्षा पनि पुराहुने बिश्वास लिइएको छ । मतिचौरमा शिद्घ र बराहको मन्दिर रहेको छ । जहाँ प्रत्यक बर्ष जनै पुर्णिमाको अबसरमा बिशेष पुजाआजा हुने गर्दछ । जिल्ला र जिल्ला बाहिरका भक्तजनहरुले आफ्नो मनोकाक्षाँ पुरा गर्नका लागि बलि सहित त्यहाँ भाकल तथा पुजा गर्न आउने गर्दछन । सन्तान नभएकाहरुलाई सन्तानको बर प्राप्त हुने भएकाले पनि यस क्षेत्रको अझै बढि महत्व रहेको मोति बराहका संरक्षक टेक बहादुर थापाले बताउनुभयो । जिर्ण अवस्थामा रहेको शिद्ध र बराहको मन्दिरलाई हाल मर्मत सम्भार गरिएको छ । मतिचौरको धार्मिक पर्यटनलाइ बिकास गर्नका लागि गाउँपालिकाले दुवारी सम्म सडक निर्माण गरेको छ । दुवारीदेखि करिव १ घण्टाको जंगलै जंगलको पैदलयात्रा पछि मतिचौर पुग्न सकिन्छ । समाजसेवि एवम् अभियन्ता कृष्ण तुलाचनको नेतृत्वमा निर्माण भएको आश्रय स्थललाई यसवर्ष पुनः मर्मत गरिएको छ । भक्तजनहरुको सुविधाका लागि तुलाचनले टेन्ट, म्याटेस र प्रेसरकुकर पूजा समितिलाई सहयोग प्रदान गर्नुभएको छ । त्यस्तै गलेश्वर निवासी चन्द्रमान शेरचनले पनि प्रेसरकुकर सहयोग गर्नुभएको छ । उद्घाटन कार्यक्रममा छेलो प्रतियोगीता तथा दुवारी आमा समुह एवम् स्थानीय कलाकारहरुबाट आकर्षक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम माति बराह पुजा तथा संरक्षण समितिका अध्यक्ष थापाको अध्यक्षता र सविच गंगा पुनको सचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  २०:००
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP