शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ६०.२२ अंकले बढ्यो सेयर बजार
६०.२२ अंकले बढ्यो सेयर बजार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २५, २०७९
काठमाडौं । सेयर बजारमा देखिएका समस्या अध्ययन गरी मौद्रिक नीतिबाट सम्बोधन गर्ने तयारीसहित अर्थ मन्त्रालयले समिति गठन गरेको सूचनापछि बुधबार लगानीकर्ता उत्साहित देखिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा समिति गठन गरी समस्याको अध्ययन हुने जानकारी गराउनुभएको थियो । आगामी बजेट सार्वजनिक भएको दिनपछि निरन्तर घटेको सेयर बजार बुधबार भने दोहोरो अंकले वृद्धि भयो । बधुबार ६०.२२ अंकले बढेको बजार २०८०.४४ बिन्दुमा पुगेर रोकिएको छ । बुधबार कुल २३१ कम्पनीको ३० हजार ६८४ वटा कारोबारबाट ५० लाख ५ हजार ८१४ कित्ता सेयर किनबेच भएको छ । यस दिन कारोबार रकम भने १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६०८ रुपैयाँ रहेको छ । बुधबार सबै उपसमूहको सेयर मूल्य बढेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीको मूल्य क्रमशः १५७३ र २३३८.६० रुपैयाँ पुग्यो । यस दिन बलेफी हाइड्रो, कालिका लघुवित्त, तेह्रथुम पावर, उन्नती सहकार्य लघुवित्तको मूल्य समेत सकारात्मक सर्किट लेबलमा पुगेर कारोबार भएको छ । माउन्टेन हाइड्रो, आरबीबी म्यूचअल फण्ड, नबिल ब्यालेन्स फण्डसहितका कम्पनीका कमपनीको सेयर मूल्य बढी घट्यो । यस दिन अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा बढी कारोबार भएको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १५:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP