शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाल टी–२० लिगको सञ्चालक परिषद गठन
नेपाल टी–२० लिगको सञ्चालक परिषद गठन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, जेठ २५, २०७९
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपल्ट आयोजना गर्न लागेको नेपाल टी–२० क्रिकेट लिगका लागि सञ्चालक परिषद (गभर्निङ काउन्सिल) गठन गरेको छ । क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल निर्देशक रहने गरी पाँच सदस्यीय सञ्चालक परिषद गठन भएको क्यानले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ । समितिका सदस्यमा भारतीय पूर्व क्रिकेटर तथा भारतीय क्रिकेटर संघका वर्तमान अध्यक्ष अशोक मलहोत्रा, क्यानका सदस्य दुर्गाराज पाठक र क्यानका जनसम्पर्क समितिका संयोजक भानुभक्त सिग्देल छन् । त्यस्तै लिगको रणनीतिक तथा व्यवसायिक साझेदार सेभेन थ्री स्पोर्टसबाट जतिन अहलुवालिया सदस्य छन् । क्यान र सेभेन थ्री स्पोर्टसबीचको सम्झौताअनुसार पाँच सदस्यीय सञ्चालक परिषदमा दुवै पक्षबाट क्रमसः ३ र २ जना रहने उल्लेख रहेको भन्दै क्यानका कार्यवाहक सचिव मल्लले सम्झौता कार्यान्वयन गरिएको बताउनुभयो । भारतीय क्रिकेट खेलाडी संघका वर्तमान अध्यक्ष तथा भारतको पूर्व राष्ट्रिय क्रिकेटर अशोक मलहोत्राले पनि नेपाल टी–२० लिगको सञ्चालक परिषद सदस्यमा रहन सहमत हुनुलाई क्यानले ठूलो उपलब्धीका रुपमा लिएको छ । 'हिजोका दिनमा केहि व्यक्तिले क्यान र सेभेन थ्री स्पोर्टसलाई बदनाम हुने गरी धेरै हल्लाहरु गरे । तर, सोही कम्पनीमार्फत भारतीय क्रिकेटका दिग्गज व्यक्तित्वले नेपाली क्रिकेट विकासका लागि काम गर्न राजी हुनुभएको छ,’ मल्ले भन्नुभयो, ‘उहाँले आईपीएलको पनि सञ्चालक परिषदमा रहेर काम गरिसक्नुभएको छ । उहाँको अनुभवले नेपाली क्रिकेटको व्यावसायिकीकरणलाई थप मजबुद पार्ने विश्वास क्यानले लिएको छ ।क्यान आफैंले आयोजना गर्न लागेको ऐतिहासिक फ्रेञ्चाइज क्रिकेट नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १६:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP