शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लिग टु : नेपालले आज ओमानसँग खेल्दै
लिग टु : नेपालले आज ओमानसँग खेल्दै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, जेठ २६, २०७९
ss
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ । बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ । अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो । त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो । त्यसबाट नेपाललाई केही सहयोग पुग्ने विश्वास गरिएको छ । तर ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेल र प्रशिक्षणका क्रममा घाइते भएपछि नेपाल टिमलाई ओपनिङमै चिन्ता थपिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दुवै खेलाडीले पहिलो खेल खेल्ने सम्भावना कम देखेपछि विकेटकिपर ब्याटर सुबास खकुरेललाई अमेरिका पठाइसकेको छ । कुशल र आसिफ फिट नभए टिममा रहेका ओपनर सुनिल धमला र सुबासले नेपालको ओपनिङ गर्ने लगभग पक्का छ । आसिफलाई अभ्यास खेल अन्तर्गत नेपाली अल स्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनले नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको दोस्रो खेल खेलेनन् । कुशललाई हुरिकेन्स विरुद्धको खेलमा फिल्डिङका क्रममा हृयाम्स्िट्रङ समस्या भएको थियो । त्यसैले पछिल्लो समय जमिरहेको ओपनिङ जोडीमा यस पटक परिवर्तन हुनेछ । तेस्रो नम्बरमा देव खनालले ब्याटिङ गर्नेछन् । त्यसपछि दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र आसिफ शेखले नेपालको मिडल अर्डर सम्हाल्नेछन् । कन्डिसन अनुसार सातौं नम्बरमा विनोद भण्डारी र आदिल अन्सारी मध्ये एकले खेल्न सक्नेछन् । तीव्र बलिङमा सोमपाल कामी र करण केसी खेल्नेछन् भने स्पीनमा कप्तान सन्दीप लामिछानेलाई सागर ढकाल वा सुशन भारीमध्ये एकले साथ दिनेछन् । नेपाल र ओमान हेड टु हेड पछिल्लो चार एकदिवसीय अन्तर्राष्ट्रियमा ओमान नेपालमाथि हावी छ । ती चारै खेल लिग टु अन्तर्गत नै थिए । २०२० मा नेपालमै भएको शृंखलामा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो । टीयू मैदानमा नेपाल पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।त्यसपछि गत वर्ष ओमानमै भएको शृंखलामा भने पहिलो खेलमा ओमान विजयी हुँदा दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो । एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोली अहिलेसम्म चार खेल हुँदा ओमानले ३ खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ ।पछिल्लो पटक ओमानमै भएको टी-२० विश्वकप छनोटमा नेपालले ओमानलाई दुई पटक पराजित गरेको थियो । त्यसअघि चारदेशीय श्रृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो । तर यो परक फर्म्याट हो । ओमान र नेपाल पछिल्लो समय परिचित प्रतिद्वन्द्वीको रुपमा रहेका छन् । त्यसैले अमेरिका भ्रमणमा यी दुई अवे टोलीको खेल हेर्नलायक हुने अनुमान छ ।लिग टू मा अन्तिम शृंखला खेलिरहेको ओमान ३३ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा छ । नेपाल १२ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । कूल ७ टिमले प्रतिस्पर्धा गरिरहेको यस लिगबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष जिम्बाब्बेमा हुने आईसीसी विश्वकप छनोटमा स्थान पक्का गर्नेछन् ।अनलाइनखबरबाट
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १०:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP