शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मन्त्री आले र स्पेनका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल
मन्त्री आले र स्पेनका राजदूतबीच द्विपक्षीय सम्बन्धबारे छलफल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, जेठ २७, २०७९
vet
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि स्पेनका राजदूत जोसेमारिया¥याडाओ डोमिनगेजुबीच आज मन्त्रालयमा नेपाल र स्पेनको द्विपक्षीय सम्बन्ध तथा साँस्कृतिक, पर्यटकीय क्षेत्रका विषयमा छलफल भएको छ । उक्त भेटवार्ता एवं छलफलका क्रममा मन्त्री आलेले स्पेनका नागरिकलाई नेपालका पर्यटकीय क्षेत्र तथा हिमशृङ्खला अवलोकन गर्न आउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'नेपालमा कोरोना सङ्क्रमण दर करिब–करिब अन्त्य भइसकेको छ, स्पेनका नागरिकलाई यहाँका पर्यटकीय क्षेत्र अवलोकनका लागि आउन आग्रह गर्दछौँ ।' सोही क्रममा मन्त्री आलेले जलवायु परिवर्तनका विषयमा स्पेनले लिएको नेतृत्व स्वागतयोग्य रहेको बताउनुभयो । यसैगरी मन्त्री आलेले नेपालले हालै ‘आइकाओ सेफ्टी अडिट’मा नेपालले गरेको उल्लेखनीय प्रगतिका बारेमा राजदूत डोमिनगेजुलाई जानकारी गराउनुभयो । सोही भेटवार्ताकै क्रममा मन्त्री आलेले स्पेन नेपालको महत्वपूर्ण विकास साझेदार रहेको उल्लेख गर्दै नेपाललाई कोभिड–१९ तथा महाभूकम्पका बखत संयुक्त राष्ट्रसङ्घमा सहयोगका लागि लिएको कदमका लागि स्पनेले गरेको सहयोगका लागि धन्यवादसमेत ज्ञापन गर्नुभयो । सोही छलफल एवं भेटवार्ताका क्रममा स्पेनका राजदूत डोमिनगेजुले नेपाल र स्पेनबीच सुमधुर सम्बन्ध रहेको साथै साँस्कृतिक तथा व्यापारिक सम्बन्धमा थप विस्तार गरी सम्बन्ध थप सुदृढ गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, 'नेपाल–स्पेनबीच सुमधुर सम्बन्ध रहेको छ, हामी आवश्यकता परेका बखत नेपाललाई थप विकासका काम सहयोग गर्न तयार रहेका छौँ ।'यसैगरी राजदूत डोमिनगेजुले वातावरण तथा जलवायुजस्तो महत्वपूर्ण विषयमा स्पेन संवेदनशील रहेको र सो सम्बन्धी सहयोग र सहकार्यका लागि तयार रहेको मन्त्री आलेसमक्ष जानकारीसमेत गराउनुभएको छ । रासस
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १५:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP