शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बजेटमा योजना पार्न कमिसनको चलखेल ! मन्त्री भन्छन्: १० प्रतिशतको हल्ला मैले पनि सुनेको छु
बजेटमा योजना पार्न कमिसनको चलखेल ! मन्त्री भन्छन्: १० प्रतिशतको हल्ला मैले पनि सुनेको छु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, जेठ ३१, २०७९
33
डोटी । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभाबाट स्वीकृत भइसकेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१–२० अनुसार प्रदेशका अर्थमन्त्रीले असार १ गतेभित्र आगामी आर्थिक वर्षको राजश्व तथा व्ययको अनुमान (बजेट) प्रदेश सभामा पेश गर्नु पर्ने व्यवस्था छ । सोही अनुसार प्रदेश सरकारले बजेट ल्याउने तयारी गरिरहेको छ । प्रदेश सरकारको वजेट बन्दै गर्दा आर्थिक चलखेलको व्यापक कुरा उठिरहेको छ । छुट्याइएको रकमको १० प्रतिशत अग्रिम कमिसन दिए भनेकै जस्तो र भनेकै रकमको योजना हालिदिने भन्ने गरिएको भन्दै सामाजिक सन्जालमा टिकाटिप्पणी भइरहेको छ । प्रदेश सरकारका मन्त्रीले समेत आफूले पनि १० प्रतिशतको हल्ला सुनेको बताउनुभएको छ । ‘आधिकारिक प्रमाण त केही छैन, तर हल्ला मैले पनि सुनेको छु,’ प्रदेश सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैका भन्छन् ‘सत्य हो कि झुटा हो, त्यो मैले भन्न सक्दैन ।’ उहाँले जनताले विश्वास गरेर पठाएका राजनीतिककर्मीहरुले यस्तो गर्नु दुःखद् भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘अरुले के गरे त्यो छानविनको विषय हुनुपर्छ तर मैले त्यस्तो अत्याचार गर्दैन ।’ मन्त्री रैकाले यस्तो विषयमा सम्वन्धित निकायले अध्ययन गर्नुपर्ने बताउनुभयो । बाहिर आएका कुरा कति सत्य हुन्, छानबिन गरेर सत्य कुरा बाहिर ल्याउनु पर्ने उनको भनाइ छ । प्रेस युनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री रैकाले पहिलेदेखि पनि योजनामा आर्थिक चलखेल भएको सुनिएको बताउनुभयो । ‘विगतका वर्षहरुमा पनि सुनिन्थ्यो, यस वर्ष पनि सुनिएको छ,’ उहाँले भन्नुभयो, ‘यसको छानबिन हुनुपर्छ र दोषीमाथी कारबाही हुनु पर्छ ।’ आधारभूत आवश्यकतालाई प्राथमिकता असार १ गते आउने प्रदेश सरकारको बजेटले जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने योजनाहरु पहिलो प्राथमिकतामा राखेको प्रदेश सामाजिक विकास राज्यमन्त्री रैकाले बताउनुभएको छ । सर्वसाधारणको गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारलाई प्राथमिकतामा राखेर बजेट आउने उहाँले बताउनुभयो । प्रदेश सरकारले उत्पादनसँग जोड्ने र प्रत्यक्ष रोजगारी सिर्जना हुने खालका कार्यक्रमहरु ल्याउने तयारी गरिरहेको मन्त्री रैका बताउँनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखिएको छ ।’दलित र महिलाहरुको क्षमता विकासका लागि आफूले कार्यक्रमहरु बनाएको मन्त्री रैकाले बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले पनि जातीय विभेद र लैंगिक विभेद समाजमा व्याप्त छ, यसलाई चिर्नका लागि दलित र महिलाहरुको क्षमता विकास हुनु जरुरी छ ।’ उहाँले अब दलितले मात्रै बोलेर जातीय छुवाछुत अन्त्य नहुने बताउँदै समाजका अगुवाहरुले पनि जातीय छुवाछुतविरुद्धमा आवाज उठाउनु पर्ने बताउनुभयो । ‘दलितहरुभित्रै पनि जातीय विभेद् र छुवाछुत छ, हामीले यसलाई पनि हटाउनु पर्नेछ,’ मन्त्री रैकाले भन्नुभयो ‘दलित र गैरदलित बीचको छुवाछुत अन्त्यका लागि पनि सबै लाग्नु पर्छ ।’ उहाँले जातीय छुवाछुत कुनै एक समूह विशेषको नभई सामाजिक समस्या भएको बताउनुभयो । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  ११:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP