शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • हामीले कमजोर सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी
हामीले कमजोर सुधार्नु पर्छ : प्रशिक्षक अल्मुताइरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १, २०७९
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताउनुभएको छ ।एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राती इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उहाँले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘प्रिय नेपाली समर्थकहरु, एसियन कप छनोटमा हाम्रो यात्रा समाप्त भएको छ,’ उहाँले लेख्नुभएको छ, ‘हामीले धेरै सकारात्मक पक्षहरू पायौं र कमजोर पक्षहरु । अर्को सेप्टेम्बरमा मैत्रीपूर्ण खेलअघि समाधान गर्न आवश्यक छ ।’यस्तै अल्मुताईरीले एसियन कप छनोटमा खराब प्रदर्शनको दोष आफूलाई जाने भन्दै खेलाडीलाई दोष नदिन आग्रह गर्नुभएको छ । ‘म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्,’ अलमुताईरीले लेख्नुभएको छ । अर्को वर्ष हुने एसियन कपका लागि कुवेतमा अन्तिम चरणको छनोट खेलेको नेपाल सबै तीन खेल हार्दै अंकविहिन भएर समूह ए को पूछारमा रह्यो । पहिलो खेलमै बलियो जोर्डनसँग २–० ले पराजित रहँदा पनि प्रशंसा बटुलेको नेपाली टोलीको प्रदर्शन अन्तिम खेलमा आउँदा लज्जास्पद रह्यो । दोश्रो खेलमा घरेलु टोली कुवेतसँग ४–१ ले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भयो । कुवेत विरुद्धको दोश्रो खेलमा अचेत भएर मैदान ढलेका प्रशिक्षक अल्मुताइरी अन्तिम खेलमा भने टेक्निकल एरियामा हुनुहुन्थ्यो । प्रशिक्षक किरण श्रेष्ठ डगआउटमा हुनुहुन्थ्यो । नेपालले खेलेको तीनवटै विपक्षी नेपाल भन्दा बलियो र माथिल्लो वरीयताका टिम हुन् । अहिलेसम्म नेपालले यी तीनै टिमलाई हराउन सकेको छैन । खेलाडी र प्रशिक्षक विवाद पछि नियमित कप्तान किरण कुमार लिम्बुसहित ११ खेलाडी बाहिर राख्दै अल्मुताइरीले नयाँ टोली लिएर कुवेत पुग्नुभएको थियो । दुई महिनाअघि काठमाडौंमा बन्द प्रशिक्षण सुरु गरेकै दिन अल्मुताइरीले नेपाल एसिया कपमा छनोट हुन नसक्ने बताउनुभएको थियो । जसले गर्दा उहाँको आलोचना समेत भयो । त्यसपछि होटलमा कि होस्टलमा बस्ने विषयबाट सुरु भएको विवादले गर्दा १० जना खेलाडीले प्रशिक्षण छाडे । माल्दिभ्सबाट खेलाडीको समर्थनमा सामाजिक सञ्जालमा लेखेका किरण पनि टिममा परेनन् । त्यसपछि अल्मुताइरीले नयाँ र कम अनुभवी खेलाडी लिएर कुवेत गए । जहाँ उहाँले पहिलो पटक टिममा परेका चार मध्ये तीन खेलाडीलाई डेब्यु गराउनुभयो । तीन अनक्याप्ड गोलकिपर मध्ये दीप कार्कीले पनि डेब्युको अवसर पाउनुभयो । पहिलो खेलमा दीपसहित डिफेण्डर विकास तामाङले डेब्यु गर्नुभएको थियो । तेश्रो खेलमा डिफेण्डर शिव गुरुङ र मिडफिल्डर निर कुमार राईले डेब्यु गर्नुभयो ।मिडफिल्डर रोसन राना मगरले भने डेब्यु गर्ने अवसर पाउनुभयो । यस्तै किरण टिममा नपरेपछि नवयुग श्रेष्ठले यसपटक नेपालको नेतृत्व गर्नुभयो । जोर्डन र कुवेत विरुद्ध कप्तानी गरेका नवयुगलाई विश्राम तेश्रो खेलमा विश्राम दिएर पुजन उपरकोटीलाई कप्तानको जिम्मेवारी दिइएको थियो । छनोटमा १३ गोल खाएको नेपालले मात्र १ गोल गरेको छ । त्यो गोल दर्शन गुरुङ्गले कुवेतविरुद्ध गरेका थिए ।अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, असार १, २०७९  ११:११
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP