शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै
लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब बराबरको बजेट ल्याउँदै
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार १, २०७९
बुटवल । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४२ अर्ब हाराहारीको बजेट ल्याउँदै छ । गत वर्ष एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ४० अर्ब ९५ करोड ९७ लाखको बजेट ल्याएको थियो । सरकारले यसअघि गत वर्षभन्दा ४–५ अर्ब कम आकारको बजेट आउने दाबी गरे पनि चुनावलाई लक्षित गरी ४२ अर्ब बढीको बजेट आउन लागेको सरकारी स्रोतको दाबी छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये ३३ प्रतिशत चालु खर्च र ५५ प्रतिशत पुँजीगत खर्च थियो । १५ प्रतिशत बजेट स्थानीय तहमा समानीकरण अनुदानमा थियो । सरकार फेरबदल भएपछि माओवादी नेतृत्वको ५ दलीय सरकारले उक्त बजेट प्रतिस्थापन गर्ने गरी आकार घटबढ नगरी नयाँ बजेट ल्याएको थियो । चालु वर्षमा बजेट खर्च र राजश्व संकलन लक्ष्य अनुरुप नभएको भन्दै प्रदेश योजना आयोगका उपाध्यक्ष क्षेत्रीले पत्रकार सम्मेलनमै ३७ अर्बभन्दा माथिको वजेट नआउने दाबी गरेका थिए । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका जेठ १५ गतेसम्म ३७.८४ प्रतिशत मात्रै बजेट खर्च भएको थियो ।प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीका अनुसार सरकारले चालु आर्थिक वर्षमा आन्तरिक राजश्वतर्फ ७ अर्ब १६ करोड ५६ लाख संकलन हुने लक्ष्य राखेको थियो । तर जेठ १५सम्म २ अर्ब ७ करोड ३३ लाख अर्थात २८ प्रतिशत मात्रै प्रगति देखिएको छ । सरकारले नीति तथा कार्यक्रममा ‘एक स्थानीय तह : एक खेदकुद संरचना’, एक स्थानीय तह स् एक नमुना उत्पादन, एक जिल्ला: एक निर्यातयोग्य बाली तथा बस्तु, एक स्थानीय तह: एक प्रागांरिक मल उद्योग, स्मार्ट कृषि गाउँ कार्यक्रम, व्यवसाय प्रवर्द्धन कार्यक्रम, उद्यमशिलता प्रवर्द्धन, एक निर्वाचन क्षेत्र : एक औद्योगिक ग्राम, बाइसे चौबिसे पर्यटकीय सर्किट, एक जिल्ला : एक सांस्कृतिक ग्राम, एक घर एकधारा, कृषिको आधार : सिँचाइमा सुधार, उज्यालो प्रदेश : लुम्बिनी प्रदेश, बेरोजगारलाई रोजगार :साथमा छ प्रदेश सरकार नारासहित गरिखाने कार्यक्रम ल्याएको छ । यी अधिकांश पुरानै हुन् ।प्रदेशको राजधानी निर्माण, लुम्बिनी प्रादेशिक अस्पताल, रामपुर- रोल्पा सडकलाई प्रदेश गौरवको योजनामा राखिएको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, असार १, २०७९  ११:१८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP