शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • गैरआवासीय नेपाली संघले जारी गर्‍यो ९ बुँदे घोषणा
गैरआवासीय नेपाली संघले जारी गर्‍यो ९ बुँदे घोषणा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार ३, २०७९
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन)ले सरकारसँग नागरिकतालगायतका माग राख्दै ९ बुँदे घोषणा जारी गरेको छ। 'एक पटकको नेपाली, सधैँको नेपाली' भन्ने मूल नाराका साथ ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक काठमाडौंमा गोष्ठी गरी ९ बुँदे घोषणा गरेको हो। संघले आफ्नो स्थापनाकालदेखि उठाउँदै आएका विभिन्न मुद्दालाई सरकारको नीति तथा कार्यक्रम एवं आर्थिक वर्ष २०७९–८० को बजेटमा सम्बोधन गरेको भन्दै कृतज्ञता व्यक्त गरेको छ। त्यसैगरी नेपालका बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै आकर्षक व्याजदर प्राप्त हुने गरी वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको भन्दै धन्यवाद दिएका छन्। संघले संविधानको व्यवस्थाअनुरुप गैरआवासीय नेपाली नागरिकलाई नेपाली नागरिक सरह सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न आवश्यक कानूनी व्यवस्था तत्काल गरिदिन संघ सरकार, राजनीतिक दलहरुसँग आग्रह गरेको छ। गैर आवासीय नेपाली ऐन लगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्नेविदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन सम्बन्धि नियमावली, आदेशमा संशोधन लगानी अभिबृद्धि गर्न माग गरेको छ। नेपाली नागरिक सरह न्युनतम लगानी सीमा लागू नगर्ने व्यवस्था कायम गर्ने, धितोपत्र ऐन तथा नियमावलीमा संशोधन गरी विनिमय बजारमा प्रवेश गराउन आवश्यक पहल गरिदिनु माग गरेको छ। विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको व्यवस्था मिलाउन आवश्यक ऐन, कानून निर्माण गर्नुका साथै नेपाली नागरिकता वाहकलाई कुटनीतिक नियोगमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न, राष्ट्रिय परिचय पत्र समेतको माग गरेको छ। गैरआवासीय नेपालीको लगानी नेपालमा भित्र्याउन सरल, सहज र अनुकूल वातावरण बनाइदिन आग्रह गरेको छ। नेपालमा रोजगारी सिर्जना, उद्यमशीलता तथा पूर्वाधार विकासमा नेपालीहरूको जीवनस्तर उकास्दै समृद्ध नेपाल निर्माणमा लगानी प्रोत्साहित आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ। वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई श्रम सम्झौतामा उल्लेखित सामाजिक सुरक्षा कोषको अनिवार्य कार्यान्वयनका लागि संघ आग्रह गर्दछ। साथै गन्तव्य मुलुकस्थित नेपाली दूताबासबाट राहदानी नविकरण, पुनःश्रम स्वीकृति तथा बीमा नविकरण लगायतका समस्या समाधान गर्ने श्रमिकहरु अवैधानिक रुपमा रहन बाध्य हुने अवस्थाको अन्त्य गर्न संघ आग्रह गरेको छ। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: शुक्रबार, असार ३, २०७९  १६:१२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP