शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
आर्थिक
  • गृहपृष्ठ
  • बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत
बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा कँडेल सर्वसम्मत
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार ४, २०७९
naresh kandel baglung
बागलुङ । बागलुङ उद्योग बाणिज्य संघको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत हुनुभएको छ। निवर्तमान महासचिव कँडेल अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो। अध्यक्षका अर्का प्रत्यासी निर्माण कुमार श्रेष्ठ (वासु)ले उम्मेदवार फिर्ता लिएपछि कँडेल सर्वसम्मत हुनुभयो। अरु पदमा यस अगाडि नै सर्वसम्मत भएको थियो । कँडेल नेपाल पत्रकार महासंघ बागलुङ शाखाका समेत अध्यक्ष हुनुहुन्छ । उद्योग बाणिज्य संघको अध्यक्षमा उम्मेदवार दिनुपूर्व उहाँले महासंघका उपाध्यक्ष नविन शिशिर विकलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । उधोग बाणिज्य संघको १८ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि नेपाल उद्योग बाणिज्य महासंघका पुर्व केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ बासु र संघका वर्तमान महासचिव नरेश कँडेलविच प्रतिस्पर्धा हुने भएपछि आज मतदानको कार्यक्रम थियो । मतदान हुनुपूर्व नै सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । बागलुङका राजनैतिक दलहरु नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादीले उधोग बाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदमा निर्माण कुमार श्रेष्ठ वासुलाई मतदान गर्ने निर्णय गरेका थिए । दलहरुले समर्थन दिएका उम्मेदवारले नै फिर्ता लिएपछि कँडेल सर्वसम्मत हुनुभयो। श्रेष्ठलाई समर्थन गरेका दलहरु आश्चार्यचकित भएका छन् । पार्टीले श्रेष्ठलाई सहयोग गर्ने निर्णय गरे पनि ब्यवसायीहरु भने कँडेलको पक्षमा थिए ।dhorpatannews
प्रकाशित मिति: शनिबार, असार ४, २०७९  १०:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP