शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड
पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बन्दैछ : प्रचण्ड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ५, २०७९
काठमाढौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व माओवादीहरू सबै एक ठाउँमा आउने वातावरण बन्दै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सबै पूर्व माओवादीहरू एक ठाउँमा जुट्ने अवस्था बन्दै गएको विश्वास दिलाउनुभयो । ‘हामी करिव करिव पूर्व माओवादीहरू एक ठाउँमा आउँने वातावरण बनेको छ । अब विभाजनलाई निषेध गरेर एकताले ठाउँ लिँदै छ ’ ‘प्रचण्डले भन्नुभयो, ‘त्यसको असर विभिन्न जनसंगठनहरूमा देखिँदै छ । कर्मचारीमा पनि देखिँदै छ । बाँकी रहेका साथीहरु पनि एकीकृत र केन्द्रीत हुने विश्वास लिएको छु ।’ संघीयता उल्ट्याउन विभिन्न शक्तिहरु लागि परेकाले सजक रहन कर्मचारीलाई आग्रह गर्नुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने तत्वहरु अहिले पनि सक्रिय छन् । उपल्लो तहका कर्मचारीहरु संघीयता र निजामती ऐन अघि बढाउने कुरामा वा वृद्धि विकासका लागि हामीले लग्न खोजिएका कुरामा सम्बोधन गर्न नदिने प्रकारान्तरले लागि परेका छन् ’ उहाँले भन्नुभयो, संघीयताको रक्षाका लागि कर्मचारी, नागरिक समाज, विद्यार्थी, मजदुर सबै एक जुट भई लाग्नु प¥यो । यो संविधानलाई अझ परिमार्जन गरेर व्यवस्थित गरेर लग्नु छ ।’ कर्मचारीबाट यो पटक केन्द्रीय समितिमा समेटिने प्रचण्डले विश्वास दिलाउनुभएको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १३:१०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP