शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइयो : ज्ञवाली
व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइयो : ज्ञवाली
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ५, २०७९
काठमाडौँ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर आत्मसन्तुष्टि लिइएको एमालेका सांसद प्रदीप ज्ञवालीले बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई व्यक्तिगत रिसले महाभियोग लगाएको पनि आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा ज्ञवालीले प्रधानन्यायाधीशलाई काम गर्न नदिई महाभियोग लागेको अवस्थामा नै घर पठाउन लागिएको बताउनुभयो । 'व्यक्तिगत रिसले प्रधानन्यायाधीशलाई महाभियोग लगाइएको छ । महाभियोग सिफारिस समितिलाई काम गर्न नदिएर महाभियोग लगाएको लगायै घर पठाउन खोजिएको छ । यसले कसैको तुस आत्मसन्तुष्टि होला तर संस्था कमजोर हुन्छ,' उहाँले भन्नुभयो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसदहरूले २०७८ फागुन १ गते विभिन्न आरोपसहित महाभियोग लगाएका थिए । संसद्मा महाभियोग सिफारिस समिति बने पनि त्यसमा महाभियोग नपठाएको अवस्थामा सांसद ज्ञवालीले विरोध गर्नुभएको हो । सर्वोच्च अदालतलाई विवादमा तानिएको र संस्था कमजोर पार्न खोजिएको ज्ञवालीको भनाइ थियो । अब नेपाली सेनालाई पनि कमजोर पार्न खोजिएको हो कि भन्ने आशंका भएको ज्ञवालीको भनाइ थियो । 'सेनालाई विवादमा ल्याउने, त्यसलाई भित्रैबाट कमजोर पार्ने कसैको षडयन्त्रमा त परेनौं भन्ने लागेको छ,' उहाँले भन्नुभयो । विदेशमा पत्र पठाउँदा परराष्ट्र मन्त्रालयको राय लिने व्यवस्था अनिवार्य गर्नुपर्ने एसपीपीको सन्दर्भ उल्लेख गर्दै ज्ञवालीले भन्नुभयो । ekantipurबाट
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १२:५४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP