शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मन्त्री आलेलाई कारबाही माग गर्दै प्रतिनिधिसभामा उजुरी
मन्त्री आलेलाई कारबाही माग गर्दै प्रतिनिधिसभामा उजुरी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ५, २०७९
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरविरुद्ध उजुरी परेको छ। आलेविरुद्ध प्रतिनिधिसभाको ‘संसद आचारण अनुगमन समिति’ मा ‘प्रतिनिधिसभा सदस्यको आचारसंहिता’ उल्लंघनसम्बन्धी उजुरी परेको हो। अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराईसहित कानूनका विद्यार्थी रेजिना पौड्यालले संसद आचारण अनुगमन समितिको सचिवालयमा उजुरी दर्ता गराउनुभएको हो । उजुरीमा सञ्चारमाध्यमबाट बाहिर आएको अडियोको वास्तविकताबारे ल्याब परीक्षण गरी आवश्यक कारबाहीको माग गरिएको छ । उजुरीमा भनिएको छ, 'विगत केहि समय यता डोटी जिल्ला का माननीय सांसद प्रेम आलेले विभिन्न व्यक्तिहरुसँग टेलिफोन तथा प्रत्यक्ष भेटघाटका विषयमा समेत अश्लिल शब्द प्रयोग गरेको अडियोसहितको समाचारहरु बाहिर आएका छन् । असार ३ गते शुक्रबारका दिन नेपालका विभिन्न पत्रपत्रिका तथा अनलाईन मिडियाहरुमा सार्वजनिक भएको सुन्नै नसक्ने अडियो र सञ्चारमाध्यमहरुमा आए अनुसार नागरिक उड्डयन प्राधिकरणका अध्यक्षलाई हातपात गरेको समेत जानकारीमा आएको छ। समितिसमक्ष माननीय सांसद आलेज्यूको यो अडिओको ल्याब परीक्षण गरी आवश्यक अनुसन्धानबाट कारबाहीका लागि सिफारिस गर्नुहुन अनुरोध गर्दछौं।’ 'प्राधिकरण के अध्यक्षलाई टेलिफोनमा कुनै ठाउँमा कर्मचारी भर्ना नगरिदिएको रिसमा अत्यन्त खेदजनक अश्लिल शब्द प्रयोग गरिएको भेटिएको छ। जसरी नियमको बर्खिलाप गरी माननीयज्यूले आफ्नै कार्यकक्षमै अपशब्द प्रयोग गर्दै भएको घटनालाई सामान्य विषय मान्न मिल्दैन । यसले नेपालको भाषारसंस्कृतिमाथि ठूलो चोट मात्रै पुर्याएको छैन, सामाजिक सुरक्षा व्यवस्था मर्यादामाथी व्यक्तिबाटै निर्लज्ज प्रहार भएको छ।' उजुरी पत्रमा लेखिएको छ। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १४:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP