शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रधानमन्त्रीले मन्त्रीहरू छिट्टै परिवर्तन गर्छु भन्नुभएको छ : नेपाल
प्रधानमन्त्रीले मन्त्रीहरू छिट्टै परिवर्तन गर्छु भन्नुभएको छ : नेपाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ५, २०७९
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनभित्रै मन्त्रीमण्डल फेरबदल हुने बताउनुभएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले नै मन्त्रीहरू छिट्टै फेरबदल गर्ने बताएको जानकारी दिनुभयो । आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । बैठकपछि सम्पादकहरूसँगको छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टीमा पहिले भएको सहमति बमोजिम नै मन्त्रीहरू फेरबदल गर्ने निर्णय भएको बताउनुभयो । ‘मन्त्रीहरू फेरबदलको विषयमा हामीले निर्णय गर्ने काम गरिसकेका छौँ । हामीले अहिलेका मन्त्रीहरूलाई छ महिनाको लागि मात्रै पठाएका हौँ । छ महिनाभन्दा पहिले नै पनि मन्त्री परिवर्तन गर्ने कि भनेर चर्चा नचलेको पनि होइन, छ महिनासम्म त काम गर्न दिनुस् भनेर पनि उहाँहरूले नै भन्नुभएको हो, अहिले छ महिनामात्रै होइन, आठ महिना पुगेपछि हामीले परिवर्तन गर्ने निर्णय गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘मन्त्री फेरबदलमा केही ढिलाइ भइरहेको छ ।’ उहाँले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले केही दिन समय मागेपछि मन्त्रिमण्डल हेरफेर गर्न ढिलाइ भएको बताउनुभयो । ‘कांग्रेस र माओवादी केन्द्रले केही दिन पर्खिन माग गरेकाले केही दिन पर्खिएका हौँ । आज पनि त्यसबारे छलफल भयो । प्रधानमन्त्रीले छिट्टै मन्त्रीहरू परिवर्तन गर्छु भन्नुभएको छ,’ उहाँले भन्नुभयो । ekantipurबाट
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:३१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP