शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ : सांसद कार्की
मल नदिए मलको ट्रक लुटिन सक्छ,गोदाममा आगो लाग्न सक्छ : सांसद कार्की
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार ५, २०७९
bimal karki
विराटनगर । प्रदेश १ का सांसद विमल कार्कीले किसानलाई तत्काल मागेजति मल उपलब्ध गराउन नसके धादिङमा जस्तै प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्ने चेतावनी दिनुभएको छ । आइतबारको प्रदेश सभा वैठकको शुन्य समयमा बोल्दै सांसद कार्कीले यस्तो चेतावनी दिनुभएको हो । किसानलाई तत्काल मागेजति मल नदिए किसानको आक्रोश थेग्न नकिने भन्दै तत्कालै मलको व्यवस्था गर्न उनले प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । ‘वाली लगाउने सिजनमै मल नपाएर किसान मर्कामा परेका छन्’ उहाँले भन्नुभयो‘तत्काल मल नदिए प्रदेश १ मा पनि मलको ट्रक लुटिन सक्छ। मलको गोदाममा आगो लाग्न सक्छ।’ किसान आक्रोशित भएर सडकमा आउनू पहिलै माग अनुसारको मल उपलब्ध गराउन उहाँले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद अम्विका थापाले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने प्रदेश सरकारको योजनाबारेमा जिज्ञासा राख्नुभएको छ । उहाँले प्रदेश सरकारले उदयपुरमा गत वर्ष नै मेडिकल कलेज खोल्ने घोषणा गरेपनि अझै सम्म मेडिकल कलेजको पूर्वाधार निर्माणको काम सुरू नभएको बताउनुभयो । उहाँले मेडिकल कलेजका लागि ६० विघा जग्गा व्यवस्था भइसकेको अनुगमन र नामजाँचसमेत गरिसकेको जानकारी दिनुभयो । तर, अझैसम्म भौतिक निर्माण सुरू नभएको र बजेटमा पनि उल्लेख नभएकाले उदयपुरमा मेडिकल कलेज स्थापना गर्ने योजनाबारे जानकारी दिन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद पूर्णप्रसाद राईले शंखुवासभाका विभिन्न स्थानमा पहिरोले क्षति पुर्‍याएको सडक, टेलिफोनको टावर बगाएर सडक तथा सञ्चारबाट भोटखोला र मकालु गाउँपालिका सम्पर्क विहीन भएको बताउनुभयो । उहाँले केहि बस्तीहरू बाढीको जोखिममा रहेकाले त्यस्ता वस्ती तत्काल सुरक्षित स्थानमा सारेर जनताको जीउ धनको सुरक्षा गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । सांसद होमकुमारी साँवाले ताप्लेजु्ङको खोवाङका बाढी पीडितलाई राहत र क्षतीपूर्ति दिन आग्रह गर्नुभयो । nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, असार ५, २०७९  १६:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP