शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बजेटको सिलिङप्रति धनगढी उपमहानगरका वडाध्यक्ष रुष्ट
बजेटको सिलिङप्रति धनगढी उपमहानगरका वडाध्यक्ष रुष्ट
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ६, २०७९
upa dhangadi
कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ लाई ७८ लाख एक हजार पाँच सय ५१ रुपैयाँको बजेट सिलिङमा रहेर योजना तथा कार्यक्रम निर्माण गरि पठाउन भनियो । वडा १४ कार्यालयले विकास, पूर्वाधार, विपद व्यवस्थापन, आर्थिक, सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकास लगायतका कार्यक्रममा ६७ लाख रुपैयाको हाराहारीमा योजना बनाउँदै उपमहानगरपालिकामा पठाएको छ । उपमहानगले पठाएको बजेट सिलिङले सो वडाका पूर्वाधारहरूको विकास गर्न नसकिने भएपछि वडा कार्यालयले प्रदेश सरकार र संघ सरकारबाट थप योजना माग गरेको छ । वडा १४ कार्यालयले संघ तथा प्रदेश सरकारबाट चार करोड २५ लाख रुपैयाको योजना माग गरेको छ । वडा कार्यालयले पठाएको पत्रमा हुलाकी सडकदेखि सुर्यनालासम्म पक्की नालासहित कालोपत्रे, ५३ टोलका ग्राभेल बाटो कालोपत्रे, वडा स्तरीय कान्जी हाउस निर्माण र हुलाकी सडकदेखि दक्षिण बुद्ध मन्दिर हुँदै सिद्धार्थ आधारभुत विद्यालय लिंकरोड जोड्ने सडक नालासहित कालोपत्रेका लागि अनुमानित एकरएक करोड गरि चार करोड र एचगाउँ देउथान निर्माणका लागि अनुमानित २५ लाख रकमको योजना माग गरेको जनाएको छ । ‘उपमहानगरपालिकाले पठाएको बजेट सिलिङमा रहेर वडाबासीको माग अनुसार पूर्वाधार विकास गर्न सम्भव थिएन,’ वडा १४ का अध्यक्ष मानबहादुर बिष्टले भन्नुभयो– उपमहानगरपालिकाले पठाएको ७८ लाख रुपैयाको सिलिङमा न सडक ग्राभेल गर्न सकिन्छ, न त कालोपत्रे । यहाँको आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य लगायतमा सुधार गर्न पनि त्यो बजेट अपुग छ ।’उहाँले उपमहानगरपालिकाले पठाएको बजेट सिलिङ न्यून र वडाका लागि न्यायोचित नभएको बताउनुभयो । एक अर्ब रुपैयाँ बढीको बजेट ल्याउन लागेको उपमहानगरपालिकाले सबै वडामा मिलाएर १५ करोड रुपैयाँको बजेट मात्र विनियोजन गर्नु अनुपयूक्त रहेको उहाँले बताउनुभयो । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भागिराम चौधरीले वडाको बजेटका सिलिङका आधारमा अहिलेसम्म योजना तथा कार्यक्रम बुझाएका छैनन् । उहाँले ६३ लाख ८२ हजार रुपैयाँभित्र रहेर योजना तथा कार्यक्रम निर्माण गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो– हामीले अहिलेसम्म उपमहानगरपालिका कार्यालयलाई पठाएका छैनौँ । योजना तथा कार्यक्रम तयार भइसकेको छ । उपमहानगरपालिकाले दिएको बजेट सिलिङले वडाको विकास गर्न सम्भव छैन ।’ उहाँले थप योजनाका लागि संघ र प्रदेश सरकारमा सिफारिस गरिएको बताउनुभयो । उहाँले भन्नुभयो– पाँच सय मिटर सडकलाई नालीसहित कालोपत्रे गर्न एक करोड रुपैया लागत लाग्छ । हामीले १० किलोमिटर सडक नालिसहितको कालोपत्रे गर्नुपर्ने अवस्था रहेको छ । उपमहानगरपालिकाको बजेटले त्यो समेट्न सक्दैन । त्यसैले संघ र प्रदेश सरकारमा योजना पठाएका छौं । कत्तिको सम्बोधन हुन्छ, त्यो भने भन्न सकिदैन ।’वडा नम्बर १४ र वडा नम्बर ६ मात्र होइन, उपमहानगरपालिकाले १९ वटै वडामा १५ करोडको बजेटको सिलिङमा रहेर बजेट सिलिङ पठाएको थियो । उपमहानगरपालिकाको बजेट सिलिङले तीन सय मिटर सडक पनि नालीसहित कालोपत्रे नहुने भएपछि हरेक वडाले संघ र प्रदेश सरकारसंग वडा गौरवका योजनाका लागि बजेट माग गरेका छन् ।एक अर्ब रुपैयाँभन्दा बढी रकम उपमहानगरपालिकामा राखेर वडामा १५ करोड रुपैयाको मात्र बजेट सिलिङ पठाएपछि अधिकांश वडाध्यक्ष रुष्ट छन् ।उपमहानगरपालिकाले वडा नम्बर ३, ४ र ७ बाहेक सबै वडामा एक करोडभन्दा कम रकमको बजेट सिलिङ पठाएको थियो ।उपमहानगरपालिकाले वडा नम्बर ३ मा एक करोड ११ लाख ३९ हजार तीन सय ८२, वडा नम्बर ४ मा एक करोड पाँच लाख ५१ हजार दुई सय ३० र वडा नम्बर ७ मा एक करोड दुई लाख ६३ हजार छ सय ७३ रुपैयाको बजेट सिलिङ पठाएको थियो । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ११:१६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP