शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?
बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ६, २०७९
bagmati pramuk
मकवानपुर । बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न आगामी २५ दिनमा कम्तीमा २८ प्रतिशत बजेट खर्च गर्नुपर्ने छ । प्रदेश सरकारको विभिन्न निकायहरुले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशतमात्र खर्च गरेका छन् । ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ अहिलेसम्म खर्च गरेका छन् ।प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल बजेट मध्ये चालु खर्च तर्फ ४६ दशमलव ८२ प्रतिशत, पुँजीगत तर्फ ३६ दशमलव ५८ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ, पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । बजेट कार्यान्वयनमा पुरानै शैली अपनाउँदा सरकारको खर्च बढ्न नसकेको अर्थ विज्ञहरु बताउँछन् । सरकार परिवर्तनका कारणले पनि बजेट खर्च हुन नसकेको उनीहरुको भनाइ छ । ३ महिनामा १२ प्रतिशत बजेट खर्च बागमती प्रदेश सरकारले गत ३ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत चैत, वैशाख र जेठमा कुल बजेटको १२ प्रतिशत रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश सरकारले गत फागुन मसान्तसम्ममा कुल बजेटको ३० प्रतिशत रकम खर्च गरेको थियो भने त्यस यता जेठ मसान्तसम्मका प्रदेश सरकारले ४२ प्रतिशत बजेट खर्च गरेको हो । सरकार परिवर्तन र निर्वाचनले बजेट खर्चमा समस्या भयो : मन्त्री खनाल बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकार परिवर्तनका कारण बजेट खर्चमा प्रगति हुन नसकेको बताउनुभयो । उहाँले चालु आर्थक वर्षको लामो समय सरकार फेरबदलमा बित्दा योजना कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।‘प्रदेश सरकारको करिव ५/६ महिना सरकार परिवर्तनमा बित्यो । त्यस अवधिमा कुनै काम नै हुन सकेन,’ उहाँले भन्नुभयो, ‘सरकारको जिम्मेवारी गठबन्धनले लिएपछि मात्र काम अघि बढ्यो । हामीले नेतृत्व लिएपछि योजनाहरु कार्यान्वयनमा गएका छन् । बजेट खर्चको अवस्था सन्तोषजनक नै छ ।’उहाँले स्थानीय तहको निर्वाचनले पनि बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो । सरकारको पूरा बजेट खर्च नभए पनि विगतको भन्दा कम प्रगतिको अवस्थामा नआउने उहाँको भनाइ छ । ‘सबै बजेट खर्च हुन्छ भन्ने हुँदैन तर, विगतको प्रगतिभन्दा कम हुने अवस्था भने आउँदैन,’ उहाँले भन्नुभयो । बजेट एउटा सरकारले ल्याएको र कार्यान्वयन अर्को सरकारले गर्नु परेको उल्लेख गर्दै उहाँले फरक सरकारले ल्याएका योजना भएकाले कार्यान्वयनमा समस्या भएको स्वीकार गरे ।‘कतिपय योजना कार्यान्वयनमा जान सक्ने अवस्थामा पनि थिएनन् । ती योजनाका कारण पनि बजेट खर्च कम देखिएको हो,’ उहाँले थप्नुभयो । रातोपाटीबाट
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १३:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP