शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जा हो : सांसद ढकाल
किसानले ट्रकबाट मल खोस्ने अवस्था आउनु राष्ट्रिय लज्जा हो : सांसद ढकाल
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता सोमबार, असार ६, २०७९
ssssss
काठमाडौँ । जनता समाजवादी पार्टीकी सांसद नरमाया ढकालले किसानलाई सरकारले समयमा मल र बीउ दिन नसक्नु गम्भीर विषय भएको बताउनुभएको छ । किसानले बाध्यात्मक अवस्था आएपछि ट्रकबाट मल खोसेर लगेको दृश्य राष्ट्रिय लज्जाको भएको पनि उहाँले बताउनुभयो । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद ढकालले किसानलाई समयमा मल र बीउ उपलब्ध गराउन सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले भन्नुभयो, 'यतिबेला सामाजिक सञ्जालमा किसानले मल खोस्दै गरेको एउटा भिडियो भाइरल भएको छ । नेपाल कृषिप्रधान देश भनेर नथाक्ने हामी किसानलाई न उन्नत बीउबिजन दिन सक्छौं, न पर्याप्त मलस किसानले ट्रक रोकेर मल खोस्नु पर्ने बाध्यात्मक अवस्थाको त्यो दृश्य राष्ट्रिय लज्जाको विषय हो ।' किसानलाई समयमा मल उपलब्ध गराउनका लागि उहाँले सभामुखमार्फत कृषि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । 'किसानलाई मलखाद र बीउबिजन उपलब्ध गराउने दायित्व मन्त्रालय को हो । तत्काल किसानलाई सहज र सहुलियत रूपमा मल उपलब्ध गराउन म सभामुखमार्फत सरोकारवाला मन्त्रालय र मन्त्रीजीको ध्यानाकर्षण गराउन चाहन्छु,' उहाँले भन्नुभयो । कांग्रेस सांसद पार्वता डीसी चौधरीले पनि किसानलाई सरकारले मल दिन नसकेको तर तस्करहरूले मल ल्याइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, 'किसानले मल पाइरहेका छैनन् तर तस्करहरूले सेटिङमा मल भित्र्याइरहेका छन् । सिमेन्ट र गहुँ ल्याउने प्रज्ञापनपत्र देखाएर मल तस्करी भइरहेको छ ।' केही दिन पहिले भारतबाट मल बोकेर काठमाडौं आउँदै गरेका दुई ट्रक किसानले धादिङमा रोकेर खोसेका थिए । ekantipurबाट
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:५६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।

म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।

राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।

हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडियाे सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP