शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुनसक्छ : विप्लव
कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुनसक्छ : विप्लव
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ७, २०७९
जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्य हुन सक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव विप्लवले पश्चगामी नभई क्रान्तिकारी सोचको आधारमा कम्युनिष्ट पार्टीबीच एकता र सहकार्य हुन सक्ने बताउनुभएको हो । पत्रकारको जिज्ञासामा उहाँले भन्नुभयो, ‘एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्तिसँग मिलेर अघि बढ्नुपर्ने हुनसक्छ ।’ विप्लवले विश्वमा पनि कम्युनिष्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताउनुभयो । नेता चन्दले राष्ट्रिय परिस्थितिबारे बोल्दै अहिले राष्ट्रिय स्वाधिनता जोखिममा रहेको बताउनुभयो । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सबै देशभक्त नेपालीलाई एक हुन उहाँले अपिल समेत गर्नुभयो ।अमेरिकाको एमसीसी, एसपीपी जस्ता विषय नेपालको हितमा नभएको चन्दले बताउनुभयो । अमेरिकाले सैन्य ढंगबाट अतिक्रमण गर्ने प्रयास गरेको बताउँदै उहाँले भन्नुभयो, ‘यो नेपाल र नेपालीका लागि राम्रो होइन ।’उहाँले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन आगामी असोजमा हुने जानकारी समेत दिनुभयो । सो पार्टीका जुम्ला जिल्ला सेक्रेटरी विर्षबहादुर शाहीका अनुसार असार ५ गते बेलुकी जुम्लामा आइपुगेका चन्दले जुम्ला कारागारमा रहेका कैदीबन्दी र जुम्लाका राजनैतिक दलका नेताहरुसँग भेटघाट गरेका थिए । चन्द सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर बम लगायतका नेताहरु अहिले जुम्लामा छन् । अनलाइनखबरबाट  
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १३:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP