शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • ३७.४९ अंकले बढ्यो सेयर बजार
३७.४९ अंकले बढ्यो सेयर बजार
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ७, २०७९
काठमाडौं । बजेट घोषणायता निरन्तर घटिरहेको सेयर बजार मंगलबार फराकिलो अंकले बढेको छ । ३७.४९ अंकले बढेको बजारमा कारोबारको चाप राम्रा मानिने कम्पनीमा देखिएको छ । जसले बजारमा राम्रा कम्पनीमा लगानी बढेको कुरालाई संकेत गर्छ । कुल २३१ कम्पनीको ३७ लाख ६५ हजार ५१६ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब २५ करोड ३७ लाख पुगेको छ ।मंगलबार सबै उपसमूह बढेर हरियाली हुँदा १८९ म्पनीको सेयर मूल्य बढेको नेप्सेले जनाएको छ । कारोबारमा आएका मध्ये आधा दर्जन कम्पनीको सेयर मूल्य सर्किट लेभलमा वृद्धि भएको छ । आँधीखोला र सीवाईसी लघुवित्तको सेयर ९.९९ प्रतिशतले बढ्यो । यस्तै सप्तकोशी विकास बैंकको सेयर मूल्य दोस्रो बजामा ९.९८ प्रतिशतले नै बढ्यो । मंगलबारको दोस्रो बजारमा नबिल बैंक ब्यालेन्स फण्ड २ र तेह्रथप पावर कम्पनीको सेयर धेरै घट्ने दुई कम्पनीमा देखिए । धेरै कारोबार हुने प्रमुख कम्पनीमा नेपाल टेलिकम, नबिल बैंक, अरुण भ्याली हाइड्रोपावर र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख रहे । ती कम्पनीको सेयर क्रमशः ११ करोड ७२ लाख, ४ करोड ३२ लाख, ३ करोड ४४ लाख र ३ करोड २५ लाख रह्यो । अनलाइनखबरबाट
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १५:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP