शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसको माग
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसको माग
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ७, २०७९
काठमाडौँ । विदेशमा रहेका नेपालीहरूको मताधिकार सुरक्षित गर्न सत्तारूढ नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गर्नुभएको छ ।आज महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर विदेशमा रहेका नेपालीहरूको मतदाता नामावली संकलन र उनीहरूको मताधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गर्नुभएको हो। ‘विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्न आवश्यक कानून बनाउने विषयमा पनि ध्यानाकर्षण गरिएको छ । सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न कानून बनाउन परमादेश दिएको लामो समय भएको छ। अब कानून निर्माण गरेर मताधिकार सुनिश्चित गर्नुपर्छ,’ शर्माले भन्नुभयो, ‘यो मुद्दा कांग्रेसले विगतमा पनि उठान गरेको हो। विदेशमा रहेका नेपालीलाई मताधिकार दिने व्यवस्थाका लागि प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ।’ शर्माले विदेशमा रहेका नेपालीको नोट मात्र नभई अब भोट पनि चल्ने व्यवस्था गरिने बताउनुभएको छ।'बाहिर रहेका नेपालीको मतदानको अधिकार सुनिश्चित गरिनुपर्छ। विदेशमा रहेका नेपालीको नोट चल्ने भोट नचल्नेरु कानून बनाएर भोट चल्ने व्यवस्था गरिनुपर्दछ,’ उहाँले भन्नुभयो ।अर्का महामन्त्री गगन थापाका अनुसार निर्वाचन ऐन संशोधन गर्नका लागि छिट्टै संसदमा ऐन पेश गर्ने तयारी छ। आयोगसँग आफूहरूले विदेशमा अहिले रहेका नेपालीको मतदाता नामावली भने संकलन गरिराख्न सुझाव दिएको थापा बताउँनुहुन्छ । विदेशमा रहेका नेपालीलाई सकेसम्म प्रत्यक्षतर्फ पनि नभए समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था गर्न मिल्ने गरी कानून बनाउनुपर्ने कांग्रेसले बताएको छ।यसबारे प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै दलहरूसँग छलफल गरेर साझा धारणा बनाएपछि सरकारसँग पनि परामर्श गरेर अघि बढिने बताएका थिए।महामन्त्री थापाले मतदाता नामावली स्थानीयस्तरमा गएर पनि संकलन गरिनुपर्ने बताउनुभएको थियो भने काठमाडौंमा मतदाता नामावली संकलन गर्ने धेरै केन्द्र बनाउनुपर्ने माग गर्नुभएको थियो । काठमाडौंका लागि बेग्लै र बाँकी ७६ जिल्लाका लागि अरू स्थानमा केन्द्रहरू राखेर मतदाता नामावली संकलन गरिनुपर्ने उहाँले बताउनुभएको थियो । एकै कार्यालयमा नामावली संकलन गर्दा भिडभाड भएको गुनासो आएको थापाको भनाइ थियो।साथै निर्वाचन आचारसंहिता व्यवहारिक बनाउनेबारे पनि कांग्रेसले आयोगलाई सुझाव दिएको छ । सबै दलहरूसँग छलफल गरेर निर्वाचन आचारसंहिता परिमार्जन गर्न पनि कांग्रेसले आयोगलाई सुझाव दिएको छ । सेतोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP