शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • रवि लामिछानेको पद सभापति : निर्वाचन आयोगमा दर्ता भयो निवेदन
रवि लामिछानेको पद सभापति : निर्वाचन आयोगमा दर्ता भयो निवेदन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ७, २०७९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्नुभएका रवि लामिछानेले आफू सभापति पदमा रहेको खुलाउनुभएको छ । दल दर्ताका लागि मंगलबार अपराह्न निर्वाचन आयोग पुगेका लामिछानेले आफ्नो दलमा १९ सदस्य रहेको र आफू सभापतिमा चयन भएको बताउनुभएको छ । उहाँले दल दर्तापछि मात्रै अन्य सदस्यहरुको नाम खुलासा गर्ने बताउनुभएको छ । यसैबीच राष्ट्रियसभा गृहमा पार्टीको नाम घोषणा गरेर निर्वाचन आयोग पुगेका लामिछानेले दल दर्ताका लागि निवेदन दर्ता गराउनुभएको छ । आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो दलको सिद्धान्त संवैधानिक समाजवाद रहेको बताउनुभयो । उहाँले अन्य दलभन्दा आफ्नो दललाई पृथक बनाउने र सिद्धान्तबारेमा थप छलफल हुन बाँकी रहेको बताउनुभयो । चुनाव चिन्ह घण्टीको बारेमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा यसको सिम्बोल आध्यात्मिक मात्र नभई सचेतनाको प्रतीक रहेको बताउनुभयो । बेथिति बिरुद्धको जनाउ घण्टी रहेको उहाँको भनाई छ । लामिछानेले आफ्नो लागि निर्वाचन क्षेत्र निश्चित गरिनसकेको बताउँदै देशभरी भ्रमण गरेर आवश्यक सल्लाह सुझावका आधारमा पछि निर्णय गर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा स्वतन्त्र उम्मेदवार हुन खोज्नेहरूका लागि आफ्नो पार्टी राम्रो प्लेटफर्म रहेको बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:४५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP