शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • खाने तेलमा वैदेशिक व्यापार : ११ महिनामा २० अर्ब ४३ करोड घाटा
खाने तेलमा वैदेशिक व्यापार : ११ महिनामा २० अर्ब ४३ करोड घाटा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता मंगलबार, असार ७, २०७९
tel
काठमाडौँ । चालू आर्थिक वर्षको ११ महिनाको अवधिमा खानेतेलको वैदेशिक व्यापारमा नेपालले २० अर्ब ४३ करोड रुपैयाँ घाटा ब्यहोरेको छ । भन्सार विभागले जारी गरेको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा तेलको आयात–निर्यातको व्यापारमा उक्त व्यापार घाटा भएको हो । नेपाली उद्योगीरव्यवसायीले विदेशबाट कच्चा खानेतेल ल्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आइरहेका छन् । नेपालमा भारतीय बजारलाई लक्षित गरेर २० वटाभन्दा धेरै खानेतेल प्रशोधन गर्ने उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगले इण्डोनेशिया, मलेसिया, ब्राजिल, अर्जेन्टिना र बोलिभिया तथा भेनेजुयला लगायतका मुलुकबाट कच्चा तेल आयात गर्ने गर्छन् । इण्डोनेशिया र मलेसियाबाट कच्चा पाम तेल आउँछ भने दक्षिण अमेरिकी मुलुकबाट कच्चा तोरी, भटमास र सूर्यमुखीको तेल आयात हुन्छ । जसलाई प्रशोधनपछि प्याकेजिङ गरेर भारततर्फको बजारमा निर्यात गर्ने गरिन्छ । यसअघि, युक्रेनबाट समेत नेपालमा तोरी, भटमास र सूर्यमुखीको कच्चा तेल आयात हुन्थ्यो । तर, छिमेकी मुलुक रुसले सैन्य हमला गरेपछि भने युक्रेनबाट नेपाल आउने तेलको परिमाण घटेको छ । यस्तै, छिमेकी मुलुकसँगको द्वन्द्वमा फसेपछि रुसबाट आउने कच्चा खानेतेलको परिमाण समेत घटेको विभागको तथ्यांकले देखाएको छ । तर, यसरी नेपालमा उत्पादन नै नहुने वस्तुको कच्चा पदार्थ ल्याएर बाहिरी मुलुकमा निर्यात गर्दा नेपालले उल्टो घाटा ब्यहोरिरहेका तथ्यांक विभागले सार्वजनिक गरेको छ । ११ महिनाको अवधिमा नेपालले विभिन्न मुलुकबाट १ खर्ब १० अर्ब ५६ करोड रुपैयाँको कच्चा तेल आयात गरेको छ । जसमध्ये, ५३ अर्ब २५ करोड रुपैयाँको भटमास तेल, ३९ अर्ब ५९ करोड रुपैयाँको पाम तेल र १७ अर्ब ७२ करोडको सूर्यमुखी तेल आयात भएको छ । यी सबै तेलको कुल परिमाण जोड्दा १ खर्ब १० अर्बभन्दा धेरै हुन आउँछ । र, आयात भएको कुल वस्तुमध्ये ९० अर्ब १३ करोड रुपैयाँको मात्रै भारततर्फ निर्यात भएको छ । विभागको पछिल्लो तथ्यांकअनुसार ११ महिनाको अवधिमा नेपालबाट सबैभन्दा धेरै भटमास तेल निर्यात भएको छ । नेपालबाट यस अवधिमा ४६ अर्ब ५८ करोड रुपैयाँको भटमास तेल निर्यात भएको छ भने ३९ अर्ब १० करोड रुपैयाँको पाम तेल निर्यात गरेको छ । यस्तै, यस अवधिमा जम्मा ४ अर्ब ४५ करोड रुपैयाँको सूर्यमुखी तेल निर्यात भएको छ ।यसरी, चालू आर्थिक वर्ष २०७८/७९ को ११ महिना (साउन–जेठ) सम्मको अवधिमा नेपालले खानेतेलको व्यापारमा २० अर्ब रुपैयाँभन्दा धेरैको घाटा ब्यहोरेको तथ्यांकले देखाएको छ । रातोपाटीबाट
प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १६:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP