शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन : न्यायाधीश कोइराला
मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन : न्यायाधीश कोइराला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ८, २०७९
koiral
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गर्नुभएको छ । न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गर्नुभएको हो । आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि आफूले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर त्यसमा आफूले अस्वीकार गरी तथ्य र प्रमाणका आधारमा आदेश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई फोन आएपछि कुराकानी गरेको थिएँ । उनले आफ्नो कुरा गरिरहेँ, मैले यो मान्छेले को कोसँग कुराकानी गरेको रहेछ र को कोसँग डिल गरेको रहेछ भनेर सुन्नका लागि अँ अँ र हो हो भनेको हो । मैले पैसाको डिल गरेको छैन र कसैसँग लिएको पनि छैन । न्यायाधीश आफैँले अनुसन्धान गर्न सक्ने भएकाले यो मुद्दालाई कसले कसरी लिएका रहेछन् भनेर उनको अफर सुनेकोसम्म हो । मैले कुनै डिल गरेको वा लाभ लिएको छैन । मलाई फसाउनका लागि कसैले डिजाइन गरेको हुनुपर्छ । यसका लागि छानबिन गर्न म आग्रह गर्छु ।’ सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् । ​सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका थिए । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । यद्यपि न्यायाधीश कोइराला भने घुस लिने सम्बन्धमा डराउँदै मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ भन्ने लगायतका कुरा गरिरहेको अडियोमा सुन्न सकिन्छ । तर अधिवक्ता पोखरेलले भने त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने आश्वासन दिएका छन् । बाहिरिएको अडियो टेपमा न्यायाधीश कोइराला आफैँले डिल गरेका छैनन्, र उनले हुन्छ वा हुँदैन केही पनि भन्नुभएको ् छैन । उता अधिवक्ता पोखरेलले भने सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोज्नुभएको छ । यद्यपि उक्त प्रकरणमा न्यायाधीशले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिनुभएको थियो । न्यायाधीश कोइरालाले भन्नुभयो, ‘म कहिल्यै विवादमा आएको व्यक्ति पनि होइन । मैले कसैलाई अप्ठेरोमा पारेर आर्थिक लाभ लिएको पनि छैन र लिने पनि छैन । न्यायाधीशको हैसियतमा मैले कसैको कुरा सुन्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने फरक कुरा हो । मैले यो मुद्दाबारे थप बुझ्न र आवश्यक पर्दा अधिवक्ता वा प्रतिवादीका नातेदारलाई कारबाहीसम्म गर्न सकिन्छ भनेर कुराकानी सुनेको सम्म हुँ । तर मैले आर्थिक लाभ लिएर कुनै आदेश वा फैसला गर्दिन, नियमानुसार गर्छु भनेर भनेको छु । मैले नै उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको हो । डिल गरेको भए त मान्छे बाहिर हुन्थ्यो होला नि । त्यसकारण यस मुद्दामा भएको के थियो भनेर म माथि छानबिन गर्न सम्माननीय ज्यू (कामु प्रधानन्यायाधीश) र न्याय परिषद्लाई आग्रह गर्छु । छानबिनका लागि म पूर्ण सहयोग गर्छु र दोषी देखिए कारवाहीका लागि तयार छु । मैल अस्वीकार गरेको कुरा हटाएर नियतवश मैले सुनेको मात्रै विषयलाई बाहिर ल्याइयो, यो स्वार्थसमूहको इन्ट्रेष्टमा आएको छ, मुद्दालाई प्रभावित बनाउने नियतका साथ आएको छ ।’ यसै विषयलाई लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपरान्ह १ः३० बजेका लागि न्याय परिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ ।न्याय परिषद् ऐन अन्तर्गत कुनै न्यायाधीशको सम्बन्धमा उजुरी आएमा वा कुनै प्रमाणसहित सञ्चारमाध्यममा समाचार आएमा त्यसैलाई प्रमाणका रूपमा लिई जाँचबुझ समिति बनाउन सक्नेछ । जाँचबुझ समितिले छानबिनका लागि भन्दै नेपाल राजपत्रमा सूचना प्रकाशन गरेमा उहाँ निलम्बनमा पर्नुहुनेछ । समितिले बर्खास्तीका लागि सिफारिस गरेमा न्याय परिषद्को बैठकबाट निर्णय गराई जिल्ला वा उच्च अदालतका न्यायाधीशलाई बर्खास्तीसम्म गर्न सकिने व्यवस्था छ ।रातोपाटीबाट  
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १२:५३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP