शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन
नाम स्वतन्त्र राखेर रवि लामिछानेको पार्टी दर्ता नगर्न आयोगमा दुई निवेदन
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ८, २०७९
काठमाडौँ । पत्रकारिता छोडेर राजनीतिमा आउनुभएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता नगर्न निर्वाचन आयोगमा दुइटा निवेदन परेका छन्। लामिछानेले मंगलबार पार्टी दर्ताका लागि निवेदन दिनुभएको थियो । उहाँले निवेदन दिएको भोलिपल्ट दुई समूहले आयोगको कान्तिपथस्थित कार्यालयमा गएर स्वतन्त्र शब्द राखेर पार्टी दर्ता नगर्न निवेदन दिनुभएको हो । ‘दुइटा निवेदन आएका छन् । आयोगले पार्टी दर्ताको निवेदन र यी निवेदन सँगै राखेर प्रक्रिया अघि बढाउँछ,’ आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो। स्वतन्त्र उम्मेदवारी अभियानमा संयोजक डम्बर साहु एउटा निवेदन दिएका छन् भने काभ्रेका मनोज पण्डित र विश्व साइकल यात्री पुष्कर शाहलगायत चार जनाले अर्को निवेदन दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।उनीहरूले स्वतन्त्र शब्दको आफ्नै महत्व भएको र आफूहरू स्वतन्त्र उम्मेदवारी दिने अभियानमा रहेकाले कुनै पार्टीको नाममा स्वतन्त्र हुन नहुने तर्क गरेका छन्।आयोगले दल दर्ताका लागि निवेदन दिएको ४५ दिनभित्र निर्णय गरिसक्नु पर्ने कानुनी व्यवस्था छ। सेतोपाटीबाट
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १३:४८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP