शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • बलात्कारसम्बन्धी झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्छ : डिला संग्रौला
बलात्कारसम्बन्धी झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्छ : डिला संग्रौला
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ८, २०७९
dela
काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. डिला संग्रौलाले जबरजस्ती करणी तथा बलात्कारको मुद्दामा झुटो उजुरी हाल्नेलाई दण्ड सजाय दोब्बर गर्नुपर्ने बताउनुभएको छ । बुधबार कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले हदम्याद राख्दा निर्दोष फस्ने सवालमा झुटो मुद्दा हाल्नेलाई कडा कारवाही गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘प्रमाण नष्ट हुने र निर्दोष फस्ने जस्ता कुरा गरेर पीडितले न्याय नपाउने अवस्था आउनु हुँदैन ।’ उहाँले ‘फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २२९ अनुसार यदि कसैलाई जबरजस्ती करणी गरेको छ भने पीडितले कसुर भएको मितिको एक वर्षभित्रमा दर्ता गरिसक्नु पर्नेछ’ भन्ने दफामा सबैको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो । यो समय अप्राप्त भएको उहाँको भनाइ छ । हदम्याद हटाउने विषय अतार्किक र असमान कानुनको परिकल्पना भएको उहाँको जिकिर छ । हदम्यादकै कारणले पीडितले न्याय नपाउने स्थिति हुनु भनेको कानुनले सुरक्षित गरेको मौलिक हक कागजको खोस्कोमा सीमित रहनु जस्तै रहेको उहाँको भनाइ छ । उहाँले ५० प्रतिशत यौन हिंसाको घटना अदालतमा नपुग्ने गरेको पनि बताइन् । ‘यो भनेको हाम्रो न्यायिक प्रणाली द्रुत छैन’ उनले भनिन्, ‘यौन हिंसाको सुनुवाइको लागि छुटै द्रुत न्यायिक प्रणाली विशिष्टीकरण गर्न आवश्यक छ ।’रातोपाटीबाट  
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १५:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP