शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रशासनिक भवन बनाउन मधेश सरकारले रोज्यो जचुकाली प्राङ्गण
प्रशासनिक भवन बनाउन मधेश सरकारले रोज्यो जचुकाली प्राङ्गण
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ८, २०७९
werw
जनकपुरधाम । मधेश प्रदेशको प्रशासनिक भवन जनकपुरधामस्थित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) प्रांगणमै निर्माणका लागि सरकारलाई सिफारिस गरिने भएको छ । प्रशासनिक भवनका निम्ति जग्गा खोजी गर्न प्रदेश सरकारले केही दिनअघि गठन गरेको अध्ययन तथा व्यवस्थापन समितिले जचुकाली प्रांगणमै मधेश सरकारका प्रशासनिक भवन निर्माण गर्नका लागि सरकारलाई सिफारिस गर्ने तयारी गरेको हो । समितिका संयोजक समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादवले जचुकालीमै भवन निर्माण गर्ने सन्दर्भमा आफूहरुले प्रतिवेदन तयार गरिसकेको बताउनुभयो । ‘समितिका सदस्य केही मन्त्री बाहिर छन्’, उहाँले भन्नुभयो, ‘आएपछि सबैको हस्ताक्षर गरेर प्रतिवेदन सरकारलाई बुझाइनेछ ।’ अहिले पनि प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश मन्त्रालय, मन्त्रीहरुको निवास, मुख्य न्यायाधिबक्ताको कार्यालय जचुकाली प्राङणमै संचालन हुँदै आएको छ । जचुकाली प्रांगाणलाई मधेश सरकारले मधेश भवन भनेर नामाकरण गरिसकेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मात्रै जनकपुरधामको मुरली चोकमा रहेको छ भने प्रदेश सभा सचिवालय शैक्षिक तालिम केन्द्रको भवनमा सञ्चालन हुँदै आएको छ । संघीय सरकारले जचुकाली पुनः सञ्चालन गर्ने बताइरहँदा मधेश सरकारको प्रशासनिक भवन निर्माण यहीँ गर्नुपर्ने समितिले निर्णय गरेको छ । अनलाइनखबरबाट
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १५:४९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP