शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राजनिति
  • गृहपृष्ठ
  • कांग्रेसले जनताको गुनासो सुन्न समस्या समाधान विभाग बनाउनुपर्छ : डा.राणा (तस्बिरहरु)
कांग्रेसले जनताको गुनासो सुन्न समस्या समाधान विभाग बनाउनुपर्छ : डा.राणा (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बुधबार, असार ८, २०७९
IMG_7272
म्याग्दी ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले कांग्रेसले वडा, पालिका, प्रदेश हुँदै केन्द्र सम्म नै जनताको गुनासो र समस्या सुन्न र समाधान गर्न समस्या समाधान विभाग बनाउनुपर्ने बताउनुभएको छ । उहाँले पार्टी भित्रै एकले अर्कोलाई निकै आलोचना र गुनासो गर्ने प्रचलन बढेको बताउँदै अब पार्टीको आन्तरिक समस्या समाधान र जनताको गुनासो समाधानका लागि विभाग बनाउनुपर्ने बताउनुभएको हो । ‘हरेक समयमा देश समस्यामा हुँदा त कांग्रेसको सरकारले समस्या समाधान गरेर जनताको हित गर्दै आएको छ भने आफ्नो आन्तरिक समस्यालाई पनि समाधान गर्न आवश्यक छ ,’उहाँले भन्नुभयो । उहाँले बुधवार नेपाली कांग्रेस जिल्ला कार्य समिति म्याग्दीले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम २०७९ को अवसरमा यस्तो बताउनुभएको हो । काँग्रेसबाट निर्वाचित भएका जनप्रतिनिधिलाई पाँच वर्षमा हरेक समयमा जनताको साथ दिन आग्रह गर्दै हरेक क्षेत्रमा जनताका समस्या समाधान पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्नुभएको छ । कार्य व्यवस्थापनमा ख्याल गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । ‘चुनावको बेलामा अन्तरघाट भयो, भन्ने तर आफुले नै अन्तरघात गर्ने कांग्रेस, यसले पार्टीले जित्दैन, यस्तो समस्याको समाधान गर्न कांग्रेसमा आवश्यक देखिएको छ,’  उहाँले भन्नुभयो । पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि निर्वाचित भएका जनप्रतिनिधिलाई सहयोग गर्न आवश्यक छ । टिकट नपाउँदाको तित्तताले पार्टी भित्र नै दुर्घटना निम्तने उहाँको भनाई छ ।ब्युरोक्रेसीलाई सुधार्दै अगाडि बढ्नुपर्ने दायित्व जनप्रतिनिधिको भएको र ब्युरोक्रेसी सुध्रिएको खण्डमा सरकारका कामकारबाहीले गतिशिलता पाउने उहाँको भनाई थियो । ‘उखान टुक्का सुन्न टिलेभिजनमा कमेडि च्याम्पीयन हेरे हुन्छ, कुनै पार्टीको कार्यकर्ता हुन आवश्यक छैन, उहाँले भन्नुभयो, उखान टुक्का सुनाउदै हिड्ने कांग्रेस होईन, कांग्रेस हरेक अप्ठारो परिस्थतीमा देशलाई बचाएको छ’ । ‘नेपाल गरिब देश होइन धनी देश हो । बजेट विनियोजन हुन्छ तर कार्यान्वयन नभएको अवस्था छ । जसले गर्दा योजनाहरु अलपत्र परेका छन् । यस्ता विषयमा फ्लोअप गर्दै अगाडि बढ्न सकेको खण्डमा विकासले गति लिन्छ ।’कार्यक्रममा केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले व्यक्तीलाई नभई पार्टीलाई बिजय गराउन आग्रह गर्नुभयो । उहाँले व्यक्तीबादले पार्टीलाई कमजोर बनाउने बताउनुभयो । त्यस्तै कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष विद्धान गुरुङले पछिल्लो समयमा कांग्रेस पार्टीमा युवाको आकर्षण बढ्दै गएको बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेसबाट उम्मेद्धार बनेर जनप्रतिनिधि बन्नुभएकाहरुलाई सम्मान गरिएको थियो । पार्टी सभापती खमबहादुर गर्बुजा ‘खम्बिर’ को अध्यक्षता उपसभापती हरिकृण श्रेष्ठको स्वागत र हिराबहादुर पुनको सञ्चालमा भएको कार्यक्रममा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, भातृ संस्थाका प्रमुख, पालिका तथा प्रदेश कार्यसमितिका अध्यक्षले मतव्य राखेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यलाई म्याग्दी कांग्रेसले ज्ञापन पत्र समेत बुझाएको छ ।    
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  २२:३४
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP