शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • राजनीति कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड
राजनीति कता लैजाने भन्ने चाबी जनताले माओवादीलाई दिएका छन् : प्रचण्ड
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ९, २०७९
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति कता लैजाने भन्ने चाबी जनताले आफ्नो पार्टीलाई दिएको बताउनुभएको छ । बिहीबार ललितपुर जिल्लाका माओवादी केन्द्रका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण दिने कार्यक्रममा बोल्दै प्रचण्डले स्थानीय चुनावको नतिजाले माओवादीलाई देशको तेस्रो र निर्णायक शक्ति बनाएको बताउनुभयो । ‘हामीले त योभन्दा धेरै अपेक्षा गरेका थियौं । देशको दोस्रो ठूलो र पहिलो कम्युनिष्ट पार्टी बन्छौं भन्ने थियो। तर बुर्जुवा र प्रतिक्रियावादीहरूले माओवादीले ३० पालिका मात्र जित्छ भन्ने रिपोर्ट बनाएका थिए,’ प्रचण्डले भन्नुभयो,‘उनीहरूले सोचेभन्दा हामीले धेरै ठूलो सफलता पायौं। जनताले नेपाली राजनीतिको धारालाई कता कुन मोडमा लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई दिएका छन्।’ प्रचण्डले चुनावमा कुन दलले कति जित्यो भन्दा पनि चुनाव सम्पन्न हुनु नै आफ्ना लागि महत्वपूर्ण भएको बताउनुभयो । मलाई त जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी जसले जिते पनि माओवादीले नै जितेजस्तो लागेको छ,’ प्रचण्डले भन्नुभयो,‘उनीहरू सबै अग्रगमनकारी हुन् प्रतिगमवादी होइनन् । संसद विघटनका पक्षधर होइनन्।’प्रचण्डले गोरखा रोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम र कालिकोटमा माओवादी एक्लैले जितेको उल्लेख गर्नुभयो । आगामी संसदीय निर्वाचनमा पनि जित्ने गरी एक्लै चुनावी तयारी गर्नुपर्ने उहाँको भनाइ छ । सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १३:२३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP