शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • एकीकृत समाजवादीका उपमहासचिव खतिवडाको दाबी : केही घण्टामा मन्त्रिपरिषद पुनर्गठन हुन्छ
एकीकृत समाजवादीका उपमहासचिव खतिवडाको दाबी : केही घण्टामा मन्त्रिपरिषद पुनर्गठन हुन्छ
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ९, २०७९
jagannath khatiwoda
काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले छिट्टै मन्त्रिपरिषद पुनर्गठन हुने बताउनुभएको छ । सरकारमा पार्टीबाट सहभागी रहेका मन्त्री फिर्ता आउने र ती ठाउँमा पार्टीले यसअघि निर्णय गरेअनुसार नयाँ मन्त्री पठाइने उहाँले बताउनुभयो । पार्टी कार्यालय आलोकनगरमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताउनुभएको थियो।मन्त्री फेर्ने पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ। दिनमा होइन घन्टामा मन्त्री हेरफेर हुन्छ,’ उहाँले भन्नुभयो, ‘कसले कहाँ कोसँग छलफल गर्‍यो भन्ने व्यक्तिगत कुरा हुन्। पार्टीले मन्त्री फेर्ने निर्णय गरेकोले त्यसअनुसार मन्त्री परिवर्तन हुने हो।’ उहाँले पार्टीका नेताहरूलाई छ महिनाका लागि मन्त्री पदमा पठाइएको र अहिले आठरनौ महिना भइसकेको उहाँले बताउनुभयो । मन्त्री भन्ने चिज चीरस्थायी होइन। स्थायी सरकार भए पाँच वर्ष हो,’ उहाँले भन्नुभयो, ‘आठरनौ महिना भयो उहाँहरू मन्त्री भएको। बिदा गर्नुपर्ने स्थिति आयो। कसैले विद्रोह गर्छु भनेको छैन।’ एकीकृत समाजवादीको आज पनि सचिवालय बैठक बसेको छ। बुधबारको सचिवालय बैठकले मन्त्री फेर्ने निर्णय कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको थियो । उहाँले शुक्रबारदेखि पोलिटब्यूरो बैठक बस्ने पनि बताउनुभयो। चुनाव समीक्षा र आगामी चुनावमा खेल्नुपर्ने भूमिकालगायत विषयमा पोलिटव्यूरोमा छलफल हुने उहाँले बताउनुभयो । सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:३५
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP