शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : महर
भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : महर
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ९, २०७९
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गर्नुभएको छ । बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृसंस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताउनुभयो । ‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,’ उहाँले भन्नुभयो, ‘युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सल्बलाउन थालेका छन्। राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’ राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन चाँडोभन्दा चाँडो भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने महरको भनाइ छ । उहाँले पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पङ्क्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताउनुभयो । सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताउनुभयो । जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।जिम्मेवारीविहीनले के माग गर्ने रु कसलाई काम लगाउने रु अहिले धेरै युवा रनभुल्लमा छन्। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भन्नुभयो। यसले पार्टीलाई सशक्त र पुनर्जागृत बनाउन सञ्जीवनी बुटीको काम गर्ने उहाँले बताउनुभयो । उहाँले गाउँगाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताउनुभयो । ‘नेविसंघ कांग्रेसको मुटु हो। युवासंघ तरुणहरूको ऊर्जा हो। सांस्कृतिक संघ कलाकर्मीहरूको संगठन हो। यस्तै अन्य थुप्रै संगठनले पूर्णता पाउन सकेका छैनन्। ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भन्नुभयो । उहाँले तुरुन्त भातृ संगठनलाई पूर्णता नदिए पार्टीप्रतिको युवा आकर्षण घट्नेप्रति नेतृत्व गम्भीर हुनुपर्ने बताउनुभयो । रातोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:४१
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP