शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्नौं : प्रधानमन्त्री देउवा
प्रज्ञा–प्रतिष्ठानलाई आर्थिक अभाव हुन दिन्नौं : प्रधानमन्त्री देउवा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता बिहीबार, असार ९, २०७९
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताउनुभएको छ । बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औं वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताउनुभएको हो । ‘मुलुकको भाषा, साहित्य र संस्कृति प्रवर्द्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने कुरा म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु’, उहाँले भन्नुभयो । उहाँले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षेत्रमा प्रतिष्ठानलाई अगाडि बढाउने नयाँ सोच र कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारको तर्फबाट आवश्यक सहयोग उपलब्ध हुने पनि बताउनुभयो । ‘नेपालको गौरव, प्राज्ञिक, सांस्कृतिक सामर्थ्यलाई देश, विदेशमा चिनाउन विषयगत अध्ययन, अनुसन्धान गराएर विभिन्न ग्रन्थ प्रकाशन गर्न प्रज्ञा प्रतिष्ठान सफल भएको छ। यस्ता कामलाई अगाडि बढाउन प्रज्ञा प्रतिष्ठानलाई नेपाल सरकारले सदा सहयोग गर्ने कुरा पनि व्यक्त गर्न चाहन्छु’, उहाँले भन्नुभयो, ‘जहाँसम्म यहाँ आर्थिक कठिनाइ भन्ने कुरा आएको छ यसमा हामी अवश्य नै सल्लाह गरेर के हुन्छ सरकारले अवश्य नै सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु।’ उहाँले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्वर्द्धनमा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय रूपमा स्थापित गर्दै मित्र राष्ट्रका समान प्राज्ञिक प्रतिष्ठानसँग संस्थागत रूपमा भए पनि साझेदारी पत्रमा हस्ताक्षर गरी सहकार्यमा साहित्यिक, सांस्कृतिक आदानप्रदानलाई अगाडि बढाई यस प्रतिष्ठानले आफूलाई अन्तर्राष्ट्रिय रुपमा पनि क्रियाशील आस्थाको रूपमा स्थापित गरेको छ’, उहाँले भन्नुभयो, ‘आगामी दिनमा संस्थाको गतिविधिलाई अझ घनिभूत रूपमा अघि बढाउँदै नेपालको सबै समुदायको भाषा, साहित्य, संस्कृति, दर्शनको प्रवर्द्धनको क्षेत्रमा यस प्रतिष्ठानले थप योगदान पुर्‍याउने विश्वास लिएको छु।’ कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी आर्थिक वर्षको लागि प्रज्ञा–प्रतिष्ठानको बजेट घटाएर पठाएको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो। नेपाल प्रज्ञा– प्रतिष्ठानको संरक्षकसमेत रहेका उहाँले प्रज्ञा–प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गर्ने गरेको उल्लेख गर्दै थप कृति र रचनाको प्रकाशन गर्नका निम्ति बजेटको माग गर्नुभयो । ‘सम्माननीय प्रधानमन्त्रीज्यू, साहित्य र संस्कृतिसँग जोडिएको विभिन्न प्रतिष्ठानलाई बजेटलाई गत वर्षको तुलनामा यसपालिको बजेट उपेक्षा गरिएको छ’, उहाँले भन्नुभयो, ‘यसै प्रज्ञा प्रतिष्ठानले थुप्रै साहित्यिक कामहरु र रचनाहरु प्रकाशित गरिएको छ। तथापि बजेटको सिलिङमा अर्थ मन्त्रालयले घटाएर पठाएको छ। थप कृति र रचनाको प्रकाशनको निमित्त थप बजेट आवश्यक रहेको कुरा सम्माननीय प्रधानमन्त्रीज्यूलाई म जानकारी गराउन चाहन्छु।’मन्त्री आलेले नेपाल–प्रज्ञा प्रतिष्ठानले नेपाली कला, साहित्य र संस्कृतिको क्षेत्रमा गरेको कामहरुको प्रशंसा गर्नुभयो । सेतोपाटीबाट
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १४:५०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP