शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी
मंसिर १० गतेभित्र प्रदेश र संघको निर्वाचन सक्ने आयोगको तयारी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १०, २०७९
jjj
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त थपलिया दिनेश थपलियाले मंसिर १० गतेभित्र प्रदेश र संघीय संसदको निर्वाचन सक्ने गरी आयोगको तयारी गरिरहेको जानकारी दिनुभएको छ । महिला तथा सामाजिक समितिको बैठकमा उहाँले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिँदै सांसदहरुलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने गरि भूमिका खेल्न आग्रह गर्नुभयो । स्थानीय तह निर्वाचन ऐनले प्रमुख उपप्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेद्वारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय चुनावमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको बताउनुभयो । उहाँले अब समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यवहारिक कुराहरू मिलाउँदा संविधानको मर्म अनुसार नै हुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनु पर्ने व्यवस्था गर्नुपर्छ, त्यसका लागि सहयोग गर्नुहोस् ।’ निर्वाचन महँगो खर्चिलो र भड्किलो हुनु नैतिकताको विषय रहेको भन्दै थपलियाले चुनाव खर्चिलो र भड्किलो भयो भनेर आयोगको आलोचना भइरहेकोमा आपत्ति जनाउनुभयो ।‘आफैं खर्चको सिमा तय गर्ने, आफैं कानून बनाउने, तर आफैं नियम पालना नगर्ने ?’ उहाँले भन्नुभयो, ‘अझ आयोगमा आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ? यो के हो ? यसको समाधान अन्त कतै छैन हामी भित्रै छ ।’ उहाँले आयोग कम खर्चिलो चुनाव गराउन तयार रहेको पनि बताउनुभयो । अनलाइनखरबाट
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १३:२२
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP