शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • यी साथीहरु जान्छन्, भोलि नयाँ टोली आउँछ : पाण्डे
यी साथीहरु जान्छन्, भोलि नयाँ टोली आउँछ : पाण्डे
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १०, २०७९
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरु भोलिसम्ममा फिर्ता हुने जिकिर गर्नुभएको छ । पार्टीका मन्त्रीहरुले फिर्ता हुन आनाकानी गर्दै नेतृत्वविरुद्धनै मोर्चाबन्दी गरिरहेका बेला नेता पाण्डेले उनीहरु भोलि बेलुकासम्म सरकारबाट फिर्ता हुने र नयाँ टिम सरकारमा जाने दाबी गर्नुभएको हो । ‘फिर्ता हुने र नहुने त भोलि बेलुकासम्मा थाहा पाउनुहुन्छ’, मन्त्रीहरु फिर्ता हुन मानेनन् अब के गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँले भन्नुभयो, ‘यी साथीहरु जान्छन्, अर्को टोली आउँछ ।’ उहाँले पार्टी भन्दा मन्त्रीहरु पावरफूल भएको नभइ परिस्थिति त्यस्तो बनिदिएको बताउनुभयो । पार्टीको पोलिटब्युरो बैठकपछि उहाँले सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने क्रममा केही प्रक्रियामा कमजोरी भने भएको स्वीकारे । बजेटबारे छलफल भइरहेको बेला पार्टीले अली छाँचो निर्णय गरेर कमजोरी भएको उहाँको भनाइ छ । बजेटमा मन्त्रीहरुले जवाफ पनि दिइरहेकाले अब मन्त्री फेर्दा केही नहुने उहाँले बताउनुभयो । पाण्डेले अहिले भइरहेका मन्त्रीहरुलाई छ महिनाका लागि सरकारमा पठाएकाले अझै पनि बसिरहन्छु भन्नुको अर्थ नरहेको उहाँको भनाइ छ । ‘त्यतिबेलै तपाईँहरुलाई परिवर्तन गरेर अर्को टीम पठाउँछौ भनेको हो । पार्टीको राजकीय विभागको प्रमुख म हुँ । माधव नेपालसँगको छलफलमा म पनि भएकाले यसबारे मलाई जानकारी छ’, उहाँले भन्नुभयो, ‘मन्त्री पद भनेको चार्मफुल पद नै हो । सबै भोलि बेलुका थाहा हुन्छ । नयाँ टोली आउँछ मन्त्रीमा । यी साथीहरु भोलि जान्छन् । मैले बोलेपछि हुन्छ ।’ रातोपाटीबाट
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १५:५७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP