शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
समाचार
  • गृहपृष्ठ
  • मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)
मालिका गाउँपालिकाको बजेट ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १०, २०७९
IMG_8697
बेनी । म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९÷८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ । शुक्रबार वडा नम्बर ६ स्थित छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । उपाध्यक्ष घर्ति मगर पुनले आगमी आर्थिक बर्षका लागि ४८ करोड १८ लाख ३६ हजार रुपैयाँ (सामाजिक सुरक्षा तथा संरक्षण भत्ता बाहेक) को बजेट प्रस्तुत गर्नुभयो । आन्तरिक आयतर्फ ५० लाख,संघिय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ ८ करोड ६४ लाख ७२ हजार,समपुरक अनुदान तर्फ ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ १८ करोड ५० लाख र विशेष अनुदान तर्फ ३ करोड ३७ लाख रुपैयाँ रहेको छ । त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ ४६ लाख ,समपुरक अनुदान तर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ । भने चालु आर्थिक बर्षको मौज्दात तर्फ २ करोड रुपैयाँको बजेट अनुमान गरिएको छ । उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्र्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले कृषि,शिक्षा,स्वास्थ्य तथा विपद व्यवस्थापन ,पुर्वाधार विकास ,युवा स्वरोजगार ,पर्यटन , सिँचाई ,भवन निर्माण ,उर्जा ,संचार ,सामाजिक विकास नीति ,आर्थिक विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । उहाँले गाउँसभाबाट पारित निति तथा कार्यक्रम र बजेटलाई सफल रुपमा कार्यान्वयन गर्न जनप्रतिनिधि र कर्मचारी एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी गाउँसभामा प्रस्तुत आर्थिक विद्येयक २०७९,विनियोजन विद्येयक २०७९ ,न्यायीक समितिको प्रतिवेदन २०७९ ,बार्षिक बजेट ,बिषयगत समिति गठन प्रस्ताव ,न्यायीक समिति र अनुगमन समिति गठन प्रस्ताव समेत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत काफ्लेले आगामी अािर्थक बर्षका लागि पारित निति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो । विद्येयक समितिका संयोजक तथ प्रवक्ता अनुप गौचनले दोस्रो गाउँसभाबाट पारित ,अनुमोदित तथा अध्यक्ष गर्बुजाबाट प्रमाणीकरण भएका कानुनहरुको नामावली प्रस्तुत गर्नुभएको थियो । गाउँसभामा वडा नम्बर १ का वडा अध्यक्ष टंकप्रसाद पुन ,वडा नम्बर २ का वडा अध्यक्ष उदयकुमार बुढाथोकी ,वडा नम्बर ३ का वडा अध्यक्ष मोतिप्रसाद बढा , ६ का वडा अध्यक्ष पथबहादुर रोका ,वडा नम्बर ७ का वडा अध्यक्ष टकबहादुर पुन र गाउँसभा सदस्य तुल्सीदेबी पुर्जाले बोल्नुभएको थियो ।कार्यक्रमको सहजिकरण योजना अधिकृत सोमबहादुर केसीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २०:३७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP