शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
अन्नपूर्ण गाउँपालिका
  • गृहपृष्ठ
  • अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट (तस्बिरहरु)
अन्नपूर्ण गाउँपालिकाले ल्यायो ४९ करोड ७३ लाखको बजेट (तस्बिरहरु)
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १०, २०७९
290265142_5662964200394436_6854150551580521047_n
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ४९ करोड ७३ लाख ३६ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार पोखरेबगरमा आयोजना गरिएको १५ औं गाउँसभामा आगमी आर्थिक वर्ष २०७९÷८० का लागि उक्त बजेट गाउँसभाले पारित गरेको हो । गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले प्रस्तुत गर्नुभएको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । चालुतर्फ ३३ करोड १५ लाख ३७ हजार चारसय, पुँजीगत तर्फ १२ करोड १७ लाख ९८ हजार ६ सय,कोषतर्फ दुई करोड ५० लाख र अनुदान तर्फ एक करोड ९० लाख रुपैयाँ बजेट बिनियोजन भएको उपाध्यक्ष पुनले बताउनुभयो । संघीय सरकारकारको २३ करोड १८ लाख सशर्त अनुदान, वित्तीय समानिकरण अनुदान ८ करोड ४३ लाख, संघिय सरकारबाट आउने राजश्व बाँडफाँड ८ करोड ५० लाख ९४ हजार, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ८७ लाख ३६ हजार, प्रदेश सरकार राजश्व बाँडफाँडबाट ७ लाख ६ हजार, आन्तरिक आम्दानी एककरोड ४५ लाख र चालु आर्थिक बर्षमा खर्च हुन बाँकी एक करोड ४ रुपैयालाई बजेटको स्रोत मानिएको उपाध्क्ष तिलिजाले बताउनुभयो । स्वास्थ्य, शिक्षा, पर्यटन, भौतिक पुर्वाधार, युवा तथा खेलकुद, कृषि, खानेपानी तथा सिँचाइ, शिक्षा, वन तथा बातावारण संरक्षणका क्षेत्रलाई बजेटमा प्राथमिकता दिएको अध्यक्ष पुनले बताउनुभयो । आठ वटा वडाका बस्ती स्तरबाट प्राथमिकताको आधारमा छनौट भई वडाले सिफारिस गरेका योजना तथा कार्यक्रमलाई नीति, कार्यक्रम र बजेटमा समावेश गरिएको उहाँले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्माले पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई जतिसक्दो छिटो कार्यान्वयनमा लैजाने बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २१:४०
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP