शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
मंगला गाउँपालिका
  • गृहपृष्ठ
  • मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित
मंगला गाउँपालिकाको १३ औँ गाउँसभा : ४२ करोड ३४ लाखको बजेट पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १०, २०७९
IMG_9485
म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले आर्थिक बर्ष २०७९÷०८० का लागि ४२ करोड ३४ लाखको बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गर्नुभएको हो । उपाध्यक्ष खत्रीले चालुतर्फ २७ करोड ७९ लाख ७० हजार ( ६५.६५ ) प्रतिशत र पुँजीगततर्फ १४ करोड ५५ लाख ( ३४.३५) प्रतिशत बजेट प्रस्तुत गर्नुभएको हो । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ । त्यस्तै पूर्वाधार विकासतर्फ १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड २७ लाख ७० हजार बेजट विनियोजन भएको छ । पूर्वाधारतर्फ सडक निर्माण तथा स्तरउन्नतिलाई प्राथमिकतामा राखिएको छ । सिम कोत्रावाङ, खुम्लिया, पैँयुपाटा, कुँहु, खधेरीखोला, पूर्णगाउँ, टोड्के नमूना सडक निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ विनियोजन भएको छ । तोराखेत, सल्यान, हिडी सडकलाई ५० लाख, पखेर, पिङ्गे हाँसे डाँडा सडक निर्माणका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको जग्गा खरिद तथा व्यवस्थापनका लागि २ करोड विनियोजन भएको छ । सामाजिक विकासतर्फ विद्यालय, युवा क्लव तथा विभिन्न संघ संस्थाका भवन निर्माण तथा मर्मत सम्भारका लागि २७ लाख तथा विद्यालयका विभिन्न कार्यक्रमका लागि शर्सत अनुदान समेत गरि १७ करोड ४९ लाख विनियोजन भएको छ । सिंचाई तथा खानेपानीका लागि रु ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि र कृषक संग सम्वन्धीत कार्यक्रमका लागि १ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ । यसअघि गाउँसभामा गाउँपालिका अध्यक्ष सत प्रसाद रोकाले आर्थिक बर्ष २०७९÷०८० का लागि पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।गाउँपालिकाले योजना बैँक तयार पारि कार्यान्वयन गर्ने नीति लिएको छ । विपद व्यवस्थापनलाई प्रभावकारी बनाउने, सेवा प्रवाहलाई जनउत्तरदायी बनाउने, उपभोक्ता समितिबाट सम्पन्न हुने योजनाको कामलाई सरल बनाउन योजना सफ्टवेयरको व्यवस्था गर्ने लगायतका नीति अवलम्वन गरिने भएको छ । कृषि, पशुपालन, पर्यटन, सिँचाई, सडक, पुल, भवन, शिक्षा, स्वास्थ्य, खानेपानी, युवा तथा खेलकुदको विकासमा महत्वपूर्ण उपलव्धी हाँसिल हुनेगरि कार्यक्रम निर्माण गरिएको छ ।अध्यक्ष रोकाद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष खत्रीद्वारा प्रस्तुत बजेट गाउँसभाले शुक्रबारनै पारित गरेको छ । त्यस्तै गाउँसभाले आर्थिक विधेयक र विनियोजन विधेयक पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढ्ुंगानाले जानकारी दिनुभयो । गाउँसभाले उपाध्यक्ष खत्री संयोजक रहेको न्यायिक समिति र लेखा समिति, वडा नम्वर १ का अध्यक्ष एकजित रोका संयोजक रहेको विधायन समिति र वडा नम्वर ५ का अध्यक्ष भुपेन्द्र खत्री संयोजक रहेको सुशासन समिति पनि निर्माण गरेको अधिकृत ढुंगानाले बताउनुभयो । गाउँसभा पालिका अध्यक्ष रोकाको अध्यक्षता, प्रदेश सभा सदस्य नरदेवि पुनको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत ढुंगानाको स्वागत र सूचना अधिकारी राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २३:३६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP