शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
रघुगंगा गाउँपालिका
  • गृहपृष्ठ
  • रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित
रघुगंगा गाउँपालिकाको ४६ करोड ८६ लाख २५ हजार रुपैयाँ बजेट पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शुक्रबार, असार १०, २०७९
raghuganga-gausava-10
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीद्धारा प्रस्तुत नीति तथा कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षको बजेट छलफल सहित पारित गरिएको हो । सभामा उपाध्यक्ष पुनले सामाजिक सुरक्षा भत्ता बाहेक कुल विनियोजन मध्ये चालुतर्फ ३२ करोड ९० लाख ७५ हजार र पुँजीगततर्फ १३ करोड ९५ लाख ५० हजार बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सशर्त अनुदान अन्तरगतका धेरै कार्यक्रमहरु चालु खर्च अन्तरगत समावेश गरेकाले चालु बजेटको प्रतिशत बढी देखिएको गाउँपालिकाले जनाएको छ । बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ८ करोड ९३ लाख, संघीय विभाज्य कोषबाट प्राप्त हुने राजश्व वाँडफाँटको ८ करोड ८५ लाख ९५ हजार, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु ९४ लाख ८२ हजार, प्रदेश राजश्व वाँडफाँटको रु ६७ लाख १९ हजार, गण्डकी प्रदेशबाट समपुरक अनुदान अन्तरगत रु ५० लाख, शसर्त अनुदान अन्तरगत रु ५० लाख, आन्तरिक राजश्वबाट रु ६५ लाख ८३ हजार, संघीय सशर्त अनुदान रु २० करोड ११ लाख, संघीय समपुरक अनुदान पूजीँगत तर्फ रु ७४ लाख संघीय विशेष अनुदान रु २ करोड ६० लाख प्राप्त हुने स्रोत अनुमान गरिएको छ । त्यसैगरि बजेटमा चालु आर्थिक बर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित नगद मौज्दात रु २ करोड ३४ लाख ४६ हजारलाई समेत समावेश गरिएको छ । आर्थिक विकासतर्फ कृषिमा रु १ करोड २४ लाख, पशुपालनतर्फ रु ५८ लाख, उद्यमशिलता, श्रम तथा रोजगारमा रु २८ लाख ४० हजार बजेट विनियोजन भएको छ । स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई समेटेर सामाजिक विकासतर्फ रु २४ करोड ५९ लाख ५० हजार बजेट विनियोजन भएको छ । सडक, पुल, खानेपानी, भवन लगायतका पूर्वाधार विकास क्षेत्रमा रु ८ करोड ९५ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ रु १ करोड ७० लाख बजेट विनियोजन भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रको लागि रु २ करोड ६९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च तर्फ रु ८ करोड २० लाख बजेट विनियोजन भएको छ । गाउँ सभामा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले भौतिक पूर्वाधार विकास संगै सामाजिक, आर्थिक रुपान्तरण, शिक्षा र स्वास्थ्यको गुणस्तर र अवस्था सुधारका लागि नीति तथा कार्यक्रममा जोड दिइएको बताउनुभयो । गाउँपालिकाभित्र रहेको कृषि, पशुपालन, लघुउद्यम क्षेत्रको सम्भावनाको उजागर गर्न र युवाहरुलाई आकर्षित गर्ने नीति लिइएको छ भने धार्मिक र पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रचार प्रसारमा जोड दिने नीति रघुगंगाले लिएको छ । गाउँसभाबाट पारित भएको नीति तथा कार्यक्रम र बजेटलाई प्रभाबकारी कार्यान्वयन गर्दै समृद्ध र विकसीत रघुगंगा गाउँपालिका निर्माणको अभियानमा केन्द्रित हुने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  २३:४३
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP