शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
स्थानीय
  • गृहपृष्ठ
  • धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित
धवलागिरी गाउँपालिकाको ४० करोड ४९ लाख ४९ हजार रुपैयाँ बजेट पारित
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता शनिबार, असार ११, २०७९
Gallery_1656127990614
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकामा कुल  ४० करोड ४९ लाख ४९ हजार रुपैयाँको बजेट पारित भएको छ । गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित पारित गरिएको छ । गाउँपालिकाको बजेटमा सामाजिक सुरक्षा भत्ताको रकमलाई समावेश गरिएको छैन् । गाउँसभामा सार्वजनिक गरिएको बजेटमा आर्थिक विकासतर्फ रु ७८ लाख ८ हजार ९८०, सामाजिक विकासतर्फ रु ३ करोड ९७ लाख ४ हजार ६९०, पूर्वाधार विकासमा रु ८ करोड ७३ लाख, ५ हजार, वातावरण तथा विपद व्यवस्थापनमा रु ३६ लाख र सुशासन तथा संस्थागत विकासतर्फ रु ८ करोड ३४ लाख २० हजार ३३० बजेट विनियोजन गरिएको छ । बजेटमा गाउँपालिकामा सञ्चालित र अधुरा योजनालाई निरन्तरता दिँदै दिगो र आधारभुत विकासको आधार तयार गर्ने योजनाहरुलाई प्राथमिकता दिइएको उपाध्यक्ष पुनले बताउनुभयो । ताकममा निर्माणधिन अस्पताल, गुर्जाको स्वास्थ्य चौकी भवन लगायतका क्रमागत योजनालाई निरन्तरता दिएर सम्पन्न गराउने उपाध्यक्ष पुनले बताउनुभयो । वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणलाई रु ५० लाख, गुर्जामा वृहत खानेपानीका लागि रु ५० लाख , मुदी स्वास्थ्य चौकी भवनलाई रु ५० लाख, झोलुङ्गे पुल निर्माणतर्फ रु ८० लाख, सुरक्षित नागरिक आवास कार्यक्रमतर्फ रु ३३ लाख, लुलाङ–गुर्जा मोटरबाटो निर्माणका लागि रु ४५ लाख, खिबाङ मोटरबाटो निर्माणका लागि रु ५० लाख, मल्कबाङ–मलम्पार मोटरबाटोलाई रु २५ लाख बजेट विनियोजन भएको छ । दिर्घरोगीसंग गाउँपालिका अध्यक्ष कार्यक्रमका लागि रु १० लाख, सुनौलो हजार दिनका महिलासंग उपाध्यक्ष कार्यक्रमका लागि रु ५ लाख, लुलाङ, मुदी र मराङको प्रसुतीगृह मर्मतलाई रु २४ लाख, हेम माविमा सञ्चालिन नमुना आवासीय माविको छात्रावास व्यवस्थापनमा रु १० लाख, स्थानीय पाठ्यपुस्तक निर्माण गर्न रु ५ लाख , स्मार्ट स्कुल परियोजनाका लागि रु ३ लाख बजेट विनियोजन भएको छ । त्यसैगरि दृष्टिविहिन विद्यार्थिहरुको लागि प्रविधि हस्तान्तरण गर्न रु २ लाख ५० हजार बजेट विनियोजन गरेको धवलागिरी गाउँपालिकाले एक जना चिकित्सक र इन्जिनियर पढाउनका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । द्धन्द्धपीडित तथा अपांगता भएका व्यक्तिको जिविकोपार्जनका लागि रु ३ लाख , विपद व्यवस्थापनमा उद्धार, राहत र पुनस्र्थापनका लागि रु ३० लाख , विपद व्यवस्थापन आकस्मीक कोषमा रु ६ लाख बजेट विनियोजन भएको छ । वेरोजगार युवाहरुलाई ग्याविनजाली बुन्ने तालिम सञ्चालनका लागि रु १० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा संघीय बाट आउने बजेटका अतिरित्त पालिकाले समेत साझेदारी गर्नका लागि रु ३० लाख , पाँच बर्षे उद्यम विकास रणनीति बनाउन रु ५ लाख बजेट विनियोजन भएको छ । वडा नम्बर ६ मा घरघरमा इन्टरनेट सुविधा पु¥याउन रु ६ लाख बजेट विनियोजन भएको छ । गाउँपालिका अध्यक्ष प्रेम प्रसाद पुनले गाउँपालिको सडक, भवन, खानेपानी लगायतका पूर्वाधार विकास, स्वास्थ्य र शिक्षाको गुणस्तर र भौतिक पूर्वाधार सुधार, उद्यमशीलताको विकास र रोजगार सिर्जना हुने क्षेत्रलाई नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको बताउनुभयो । ‘कृषि, पर्यटन, पूर्वाधार र रोजगार ः समृद्ध धवलागिरी निर्माणको आधार’ भन्ने नारालाई अघि सारेको धवलागिरीमा द्धन्द्धपीडितको जिविकोपार्जन, दिर्घरोगका विरामीको उपचार, युवा स्वरोजगार , पालिकालेनै डाक्टर इन्जिनियर पढाउन सहयोग गर्ने लगायतका नयाँ कार्यक्रम अघि सारेको छ । लुलाङ, गुर्जा, खिवाङ, मलम्पार लगायतका बस्तीमा मोटरवाटो विस्तार गर्ने योजनालाई गाउँपालिकाले प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । गाउँसभामा उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिको सदस्यमा देवेन्द्र रोका र गंगादेवि पुन र देउप्रसाद छन्त्यालको संयोजकत्मा राजाराम उपाध्याय र सिता कुमारी छन्त्याल सदस्य रहेको लेखा समितिलाई समेत पूर्णता दिएको प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । सभामा उपाध्यक्ष पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येययक र आर्थिक विकास समितिका संयोजक झक छन्त्यालले प्रस्तुत गर्नुभएको विनियोजन विद्येयक समेत पारित भएको छ । सभा सुरु हुनुपूर्व निर्वतमान गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, नेपाली काँग्रेसका तमबहादुर थापा र तेजेन्द्र थापा, माओवादी केन्द्रका यामन रोका र रिमप्रकाश थापा लगायत राजनीतिक दलका प्रतिनिधिहरुले गाउँपालिकाले ल्याएका नीति तथा कार्यक्रम र बजेटको प्रभाबकारी कार्यान्वयन गरि विकसीत र समृद्ध धवलागिरी गाउँपालिका निर्माणको अभियानमा जुट्न सुझाब दिँदै सबै क्षेत्रबाट रचनात्मक सहकार्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रकाशित मिति: शनिबार, असार ११, २०७९  १०:०७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP