शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • स्थायी सरकार नभएसम्म देश विकास असम्भव : नेता साह
स्थायी सरकार नभएसम्म देश विकास असम्भव : नेता साह
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री प्रभु साहले प्रत्यक्ष निर्वाचनमार्फत कार्यकारी प्रमुखको व्यवस्था गरि स्थायी सरकार नबनाएसम्म देशको विकास असम्भव रहेको टिप्पणी गर्नुभएको छ । नेता साहसहितको टोलीले रौतहट क्षेत्र ३ अन्तर्गत विभिन्न योजनाहरुको अनुगमन पछि ईसलामपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै उक्त टिप्पणी गर्नुभएको हो । उहाँले देशको राजनीतिक संकट टार्न प्रत्यक्ष निर्वाचन मार्फत कार्यकारीको ब्यवस्था गर्न आग्रह गर्नुभयो । संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न जरूरी रहेको बताउनुभयो । आउँदो संसदीय निर्वाचनको सट्टा तत्काल संविधान संशोधन गरि कार्यकारी प्रमुखको व्यवस्था गरी त्यसको चुनावतिर लाग्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । नेता साहले संसदीय प्रणालीबाट मुलुकमा निरन्तर अस्थिरता पैदा भएको र त्यसैको फलस्वरुप देशमा भ्रष्टाचार र महँगी बढेको बताउनुभयो । जनताबाट प्रत्यक्ष निर्वाचित प्रमुखको व्यवस्था गरे मात्र अहिलेको संकट टर्ने बताउनुभयो । 'मिश्रित संसदीय प्रणालीमा चलिरहेको देशको वर्तमान समयमा स्थिरता कायम गर्न धेरै प्रयासहरु भए । विगत विभिन्न दलहरूको सहकार्य देखि ऐतिहासिक वाम गठबन्धन हुँदै बहुमत सहितको नेकपा पार्टी निर्माणसम्मका प्रयासहरुले पनि ५ वर्ष सरकार टिक्न सकेनु उहाँले भन्नुभयो 'अहिले पनि अपवित्र गठबन्धन गरि बनाएको सरकार कुन दिन ढल्छ थाहा छैन ।' पुर्व मन्त्री प्रभु साहले यी सबै संकटको एकमुष्ट निवारण भनेकै संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नु बाहेक अन्य विकल्प नरहेको दाबी गर्नुभएको छ । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १०:५९
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP