शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • ई-पेपर
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • गजल
    • कविता
    • मुक्तक
    • भावना
    • कथा
    • भिडियाे
    • मुख्य समाचार
    • विचार
    • सुरक्षा
    • अपराध
    • कालाेबजारी
    • कृषि
    • मौसम
    • अन्तर्वार्ता
    • बैकिङ
    • समाचार
    • उर्जा
    • समाज
    • आविष्कार
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी
नेपाली क्रिकेट विकास गर्न सदैव तयार छौं : आइसिसी
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
icc
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली क्रिकेट विकास लागि सधैं सहयोग गर्न तयार रहेको बताएको छ । आइसिसीका प्रतिनिधि र सञ्चारकर्मीबीच शनिबार भएको अन्तर्क्रिया कार्यक्रममा आइसिसीले नेपालमाथि लगाएको आंशिक आर्थिक नियन्त्रण फुकुवा भएको औपचारिक जानकारी गराउँदै नेपाली क्रिकेटको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । अन्तर्क्रिया कार्यक्रममा आइसिसीका उपाध्यक्ष इमरान ख्वाजाले नेपालले पूरा गर्नुपर्ने सबै प्रावधान चरणबद्ध तरिकाले पूरा गरेकाले आर्थिक नियन्त्रण फुकुवा भएको उल्लेख गर्नुभयो । ‘चतुरबहादुर चन्द नेतृत्वले आइसिसीको सम्पूर्ण मापदण्ड क्रमशः पूरा गर्दै आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेकाले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएका छौं,’ख्वाजाले भन्नुभयो, ‘चरणबद्ध तरिकाले आइसिसीका मापदण्ड पूरा गरेसँगै नेपाल अन्य देशजस्तै फुकुवा भएको छ।’ नेपालको क्रिकेट विकासमा अब नयाँ उचाइ लिने सम्भावना रहेको ख्वाजाको भनाइ छ। ‘आफ्ना कार्ययोजना र क्रिकेट विकासका लागि अब नेपालसँग बाटो खुला भएको छ,’उहाँले भन्नुभयो, ‘नेपाल धेरै सम्भावना भएको देश हो।नेपाली क्रिकेट विकासका लागि सहयोग गर्न हामी सधैं सकारात्मक छौं।’ साथै नेपाली क्रिकेटमा भौतिक पूर्वाधारको विकासका लागि नेपाल सरकारको अग्रसरताप्रति पनि ख्वाजाले प्रशंसा गर्नुभएको छ । सञ्चारकर्मीसँगै अन्र्तक्रियाअघि शनिबार नै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र आइसिसीका प्रतिनिधिबीच भेटवार्ता भएको थियो।उक्त भेटवार्तामा नेपाल सरकार आफ्नो क्रिकेट विकासमा सकारात्मक रहेको भन्दै उपाध्यक्ष ख्वाजाले खुसी व्यक्त गर्नुभयो । आइसिसीका प्रतिनिधिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्यसचिव टंकलाल घिसिङसँग पनि छलफल गर्नुभएको थियो । त्रिपुरेश्वरस्थित राखेपमा नै भएको छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, आइसिसी डेभलपमेन्टका चेयरम्यान इमरान ख्वाजा, आइसिसी डेभलपमेन्टका जेनरल म्यानेजर विलियम्स ग्लानराइट र आइसिसी फाइनान्स एन्ड अपरेसन अफिसर नितिशा कोठारीको उपस्थिति थियो।क्यानमा राजनीतिक हस्तक्षेप र आर्थिक पारदर्शिता नभएको भन्दै आइसिसीले २०७३ साल वैशाखमा निलम्बन गरेको थियो । यद्यपि, आइसिसीले लामो समयको प्रतिबन्ध २०७६ सालको असोजमा फुकुवा गरेको थियो । निर्विवाद रूपमा चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको नयाँ कार्यसमिति आएपछि आइसिसीले ससर्त प्रतिबन्ध हटाएको हो । तर, जेठ ३१ गते आइसिसीको ‘कन्ट्रोल फन्डिङ’ पनि हटेपछि क्यानमाथिको प्रतिबन्ध पूर्ण रूपमा फुकुवा भएको थियो। आइसिसीले आर्थिक गतिविधिमा नियन्त्रण गरेकाले क्यानले धेरै समस्या झेल्नु परेको थियो । तर, अब सबै निलम्बन हटेको र क्यानले आफ्नो योजना स्वतन्त्र तरिकाले अगाडि बढाउन पाउने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो। ‘आइसिसीले अगाडि सारेका सर्त हामीले पूरा गर्‍यौं। सोहीअनुसार आइसिसीले क्यानलाई विश्वास गर्‍यो र कन्ट्रोल फन्डिङ पनि फुकुवा भएको छ,’अध्यक्ष चन्दले भन्नुभयो, ‘नियन्त्रण फुकुवाले नेपाली क्रिकेटलाई थप अगाडि बढाउन सहयोग मिल्नेछ। आइसिसीको त्यो निर्णयले नयाँ कार्यक्रमसहित नेपाली क्रिकेटको विकासमा खाका कोर्न सहयोग पुगेको छ। साथै क्यानमा उर्जा पनि मिलेको छ। अब क्यान आफ्नै कार्ययोजना अनुसार अगाडि बढ्न पाउनेछ।’फुकुवासँगै क्यानले अगाडि सारेका कार्यक्रम छिट्टै पूर्णता दिने विश्वास व्यक्त गरेको छ। ग्रास रुटका कार्यक्रम, भौतिक पूर्वाधार र निमार्णधीन संरचना पूरा गर्नेदेखि दुई वटा अन्तर्राष्ट्रिय स्तरका रंगशाला निर्माणका लागि काम गर्ने क्यानले जनाएको छ। nagariknews.nagariknetworkबाट
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ११:२८
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP