शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • हिन्दु राष्ट्र संस्थागत गर्न राजसंस्थाको मुद्दा छाड्यौँ : थापा
हिन्दु राष्ट्र संस्थागत गर्न राजसंस्थाको मुद्दा छाड्यौँ : थापा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्रलाई संस्थागत गराउन राजसंस्थाको मुद्दालाई छोडेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले राजसंस्थालाई संस्थागत गराउन पार्टी स्थापना भएपनि अहिले सो मुद्दा छाडेको बताउनुभएको हो । अध्यक्ष थापाले सो मुद्दा उठाउँदा हिन्दु राष्ट्रको नारा समेत ओझेलमा पर्न लागेको बताउनुभयो । उहाँले पार्टीको सिद्धान्त र विचारलाई समय काल र परिस्थितिअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभयो । देश र जनताको भावनाको सम्मान गर्दै राजसंस्थाको एजेण्डा छोड्ने निर्णय गरेका हौं’ उहाँले भन्नुभयो– ‘राजसंस्थाको एजेण्डा बोकी रहँदा हिन्दु राष्ट्र कहिल्यै पुनःस्थापना नहुने, पार्टी देशको अग्रणी स्थानमा नहुने, मुलुकको आर्थिक सामाजिक विकासको एजेण्डा पनि पुरा गर्न नसकिने भएकाले हामीले एजेण्डा छाडेका हौं ।’ उहाँले देशका ठुला दलहरुले पनि राजसंस्थासँग सहकार्य गरेर अघि बढेको इतिहास रहेको बताउँदै भन्नुभयो– ‘२०६२र६३ सालको राजनीतिक परिवर्तनपछि नेपाली काँग्रेस, नेकपा एमाले लगायतका पार्टीहरुले पनि राजसंस्थाको एजेण्डा छोडेका थिए ।’ उहाँले असम्भव एजेण्डा बोकेर जनतालाई धोका दिने, स्वयम् राजालाई पनि धोका दिने र आफ्ना कार्यकर्तालाई धोका दिने काम पार्टीले नगर्ने बताउनुभयो । पार्टीले राजसंस्थाको एजेण्डा छाडे पनि मूलभूत एजेण्डाहरु यथावत रहेको बताउनुभयो। ‘हामीले हिन्दु राष्ट्र स्थापना गराउन सकेनौं‚ । तर, धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता अपरिवर्तनीय होइन । जनताको अभिमतबाट परिवर्तन गराउन सकिन्छ भन्ने अधिकार हामीले स्थापित गरेका छौं’ उहाँले भन्नुभयो –‘त्यही अधिकारका कारणले गर्दा आज राजसंस्थाको पक्षमा, हिन्दु राष्ट्रको पक्षमा र संघीयताको विरुद्धमा आवाज उठाउन पाउने अधिकार हामीले प्राप्त गरेका छौंँ ।’ थापाले संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने सुझाव समेत दिनुभयो । उहाँले अहिले प्रदेश सरकारको आवश्यकता नरहेको समेत बताउनुभयो । बहुदलीय प्रजातन्त्रमा दलको विकल्पमा व्यक्ति हुन नसक्ने समेत उहाँले बताउनुभयो । ‘एउटा दल असफल भए भोलि जनताले अर्को दललाई रोज्छन् । प्रजातन्त्रमा स्वतन्त्र रुपमा पनि विचार लिएर जान सकिन्छ । यसलाई हामीले अन्यथा लिनु हुँदैन’ उहाँले भन्नुभयो । रातोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १३:४६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP