शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा
नागरिकता विधेयक यही संसदबाट पारित गर्ने तयारी छ : सभामुख सापकोटा
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको छ । आईतबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको ‘संसदीय समिति अभ्यास’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले वर्तमान संसदबाट नै नागरिकता विधेयक पास गर्ने तयारी भइरहेको बताउनुभएको हो । उहाँले नागरिकता विधेयकको विषयमा प्रधानमन्त्री र प्रमुख राजनीतिक दलसँग निरन्तर छलफल भइरहेको बताउनुभयो । सभामुख सापकोटाले संसदमा नागरिकता विधेयक अड्किएर बसेकाले दर्जन भन्दा बढी ज्ञापनपत्र आउने गरेको बताउनुभयो। उहाँले नागरिकता विधेयक संसदबाट पास हुन नसक्दा युवाले सुनौलो अवसर गुमाइरहेको बताउनुभयो । उहाँले केही गर्छु भन्ने युवाहरुलाई नागरिकता दिन नसक्दा देशलाई ठूलो क्षति भएको भन्दै नागरिकता नपाएकालाई अन्याय भएको बताउनुभयो । उहाँले बजेट अधिवेशनबाट नै ८ वटा प्रतिस्थापन विधेयक पास गर्नसके जनतामा सरकारले केही गर्दैछ भन्ने आशा लाग्ने दाबी गर्नुभयो। ‘संसदमा नागरिकता विधेयक अड्किरहेको कारणले दर्जनौं डेलिकेशनहरु म भए ठाँउमा आएका छन्। अत्यन्तै, धेरै मार्मिक युवाहरु उमेर ढल्किन लागेको छ तर नागरिकता पाएका छैनन्। अध्ययन गर्ने सुनौला अवसरहरु गुमिरहेका छन्। ठूलो क्षति भएको छ। असाध्यै धेरै अन्याय भइरहेको छ’, उहाँले भन्नुभयो, ‘मैले राजनीतिक पार्टीका नेताहरुसँग धेरै चरणमा कुरा गरको छु। प्रधानमन्त्रीसँग नागरिकता विधेयक यही सदनबाट पारित गर्नुपर्छ। त्यस्तै ८ वटा प्रतिस्थापन विधेयकहरु पनि पास गर्न सकिन्छ। बजेट अधिवेशनमा पनि दर्जन बढी विधेयकहरु पास गर्न सक्यौं भने जनतालाई गर्दा हुनेरहेछ भन्ने हुने थियो। गर्दैछ भन्ने आश लाग्ने थियो।’ सभामुख सापकोटाले देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक आफ्नो कुनै स्वार्थ नभएको बताए।उनले आफू सधैँ आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको बताउनुभयो। सभामुख सापकोटाले भ्रष्टाचार भनेको कुनै बजेट वा आर्थिक सवालसँगको मात्रै कुरा नभइ देश र राष्ट्रियतासँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले भ्रष्टाचार बढ्दै गयो भने भष्ट्राचारले देशलाई कोल्याप्स पार्ने बताउनुभयो । सभामुख सापकोटाले सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण भएपनि ठिक ढङ्गले कार्यान्वयन भएको भन्दै गुनासो गर्नुभयो । उहाँले लोकतन्त्र भनेको जीवनधारा र लोकतन्त्रको आत्मा भनेको संसद रहेको बताउनुभयो। उहाँले तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने एक मात्रै फोरम भने संघीय संसद रहेको दाबी गर्नुभयो । ‘संसदमा हाम्रो अरू कुनै स्वास्र्थ छैन । स्वास्थ्य छ भने देशको स्वास्थ्य छ, यो देशको सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने छ । भ्रष्टाचार कुरा गर्दा भ्रष्टाचार भनेको कुनै बजेटसँगको कुरा मात्रै होइन आर्थिक सवालसँगको मात्रै कुरा होइन । भ्रष्टाचार देश र राष्ट्रियता सँगको कुरा हो । भ्रष्टाचार बढ्दै गयो भने त्यो सुरक्षाको पनि सवाल हो। भ्रष्टाचारले नै देशलाई कोल्याप्स गर्छ’, उहाँले भन्नुभयो, ‘त्यसपछि देश समाप्त हुने दिशातिर जान्छ । सुशासन भ्रष्टाचार नियन्त्रण गुणस्तरीय कानून निर्माण त भयो । त्यसको ठिक ढङ्गले कार्यान्वयन भएको छ कि छैनरु न्यायलयमा ठिक ढङ्गले कानून कार्यान्वयन भए नभएको निगरानी गर्ने अधिकार छ।’सभामुख सापकोटाले संसदले जनताका कुरालाई आत्म साथ गर्नसक्नु नै सफलता हुने बताउनुभयो । उहाँले पछिल्लो समय विश्वमा दर्शन, विचार र सिद्धान्तका बारेमा छलफल भन्दा पनि व्यापारमा बढी केन्द्रित भएको बताउनुभयो। उहाँले संसदीय समितिलाई बढीभन्दा बढी क्रियाशील बनाउने सन्दर्भमा आज सार्वजनिक पुस्तकबाट पनि प्ररेणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उक्त पुस्तकमा टिप्पणी गर्दै वरिष्ठ पत्रकार एवं इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापाले नेपालको संसदीय मामिला र संसदीय समितिका बारेमा जानकारी लिन पुस्तक उपयोगी रहेको बताउनुभयो । सेतोपाटीबाट
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १४:१७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP