शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • लक्ष्मण थारु रेशम चौधरीको पार्टीमा प्रवेश
लक्ष्मण थारु रेशम चौधरीको पार्टीमा प्रवेश
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
laxman
काठमाडौँ । थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुभएको छ । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उहाँ उक्त पार्टीमा प्रवेश गर्नुभएको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी सो पार्टीमा प्रवेश गर्नुभएको हो । यसरी पार्टी प्रवेश गर्नेहरूमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, शकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गर्नुभएको छ । पत्रकार सम्मेलनमा लक्ष्मण थारुले कुनै अपराध नगरी आफूमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गर्नुभयो । उहाँले रेशम चौधरी निर्दोष भएको दाबी गर्नुभयो । उहाँले टिकापुर घटनामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिकापुर घटनाको वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ, रेशम चौधरीसँग घटनाको समयमा कुनै हतियार थिएन । राज्यले झुट्टा मुद्दा लगाएर फसायो, थारुले राजनीति गर्न नपाउने हो रु’ उनले रेशमसँगै जेलमा रहेका सात जना आन्दोलनकारी भएपनि हत्यारा नभएको दाबी गर्नुभयो । आफू बदलाको भावको रुपमा नभई न्याय, समानता र अधिकारका लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको जानकारी दिनुभयो । थारुले न्याय माग्दै जाँदा नागरिक उन्मुक्ति पार्टीमा निःशर्त प्रवेश गरेको र कुनै पनि जिम्मेवारी दाबी नगरेको समेत स्पष्ट पार्नुभयो । उहाँले थरुहट र मधेश जस्ता विभिन्न आन्दोलनलाई बचाउने हो भने सबैले नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नुपर्ने धारणा राख्नुभयो । यस्तै केन्द्रीय सदस्य रामलाल दमला थारुले हिमाल, पहाड र तराईका सबै नेपालीहरुको अधिकार प्राप्तिको लागि स्थापना भएको स्पष्ट पार्नुभयो । नागरिक उन्मुक्ति पार्टी जन्मिएपछि शासक वर्गहरुको मन मुटुमा धक्का पुगेको उहाँको भनाई थियो । उहाँले आफ्नो पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको सुनाउनुभयो । उहाँले निर्वाचनमा पार्टीले पाएको सफलतालाई युगान्तकारी इतिहास कोर्न सफल भएको रुपमा दर्ज गर्नुभयो । त्यस्तै, नवप्रवेशी सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी राज्यले गरेको उत्पीडनको विरुद्धमा स्थापना भएको भएको बताउनुभयो । चौधरीले नेपालका नेताको कारण निर्दोष नेता रेशम चौधरी जेलमा बस्न बाध्य भएको पनि टिप्पणी गर्नुभयो । रातोपाटीबाट  
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:२६
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP