शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • गोपनीयता नीति
    • हाम्रो टिम
म्याग्दी न्यूज
  • गृहपृष्ठ
  • म्याग्दी
    • धवलागिरी गाउँपालिका
    • अन्नपूर्ण गाउँपालिका
  • स्थानीय
  • राजनिति
  • खेलकुद
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • आर्थिक
  • पर्यटन
  • साहित्य
  • मनोरञ्जन
  • अन्य
    • बाढी पहिराे अपडेट
    • अन्तर्वार्ता
    • समाज
  • ट्रेन्डिङ
  • ##BeniJomsomRoad
यहाँ खोज्नुहोस्
राष्ट्रिय
  • गृहपृष्ठ
  • मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : मन्त्री बडु
मूल्यवृद्धिको सरकारले अनुगमन गर्छ : मन्त्री बडु
म्याग्दी न्युज संवाददाता
म्याग्दी न्युज संवाददाता आइतबार, असार १२, २०७९
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले विभिन्न वस्तु तथा सेवामा भएको मूल्यवृद्धिको सरकारले अनुगमन गर्ने बताउनुभएको छ। प्रतिनिधि सभाको आईतबारको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै मन्त्री बडूले असार १२ गतेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १९९ रूपैयाँ बाट २० रूपैयाँ घटाई १७९ रुपैयाँ र डिजेलमा प्रतिलिटर १९२ रूपैयाँबाट २९ रूपैयाँ घटाई १६३ रुपैयाँ मूल्य कायम गरिएको बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै अन्य वस्तु र सेवामा पनि मूल्य घट्न आवश्यक रहेको बताउनुभयो । उहाँले बजारमा विभिन्न वस्तु तथा सेवाको मूल्य घटे, नघटेको सन्दर्भमा विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट र संयुक्त रुपमा अनुगमन गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । ‘संसदको दुवै सदनमा माननीयज्यूहरुले व्यक्त गरेका विचार, प्रधानमन्त्रीज्यूको चासो र निर्देशन तथा सत्ता गठबन्धनका नेतृत्व समेतको छलफलको सुझावको आधारमा नेपाल सरकारले पेट्रोल र डिजेलमा विगतदेखि लगाइआइरहेको करमा पुनः भारी कटौती गर्ने निर्णय गरेको छ’, उहाँले भन्नुभयो, ‘सोही आधारमा नेपाल आयल निगम सञ्चालक समितिले आजै मिति २०७९ असार १२ गतेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलमा १९९ बाट रु. २० घटाई रु। १७९ र डिजेलमा प्रतिलिटर रु. १९२ बाट रु.२९ घटाई रु. १६३ मुल्य कायम गरेको छ।’ ‘पेट्रोलियम पद्धार्थको मूल्य घटेपश्चात् अन्य वस्तु तथा सेवामा पनि मुल्य घट्न आवश्यक छ । यसको लागि विषयगत मन्त्रालय र नियामक निकायहरुले आ–आफ्नो क्षेत्रबाट तथा संयुक्त रुपमा सघन अनुगमन गर्ने व्यवस्था मिलाइएको छ’, उहाँले भन्नुभयो, ‘यो अनुगमन कार्यमा दुवै सदनका माननीय सदस्यज्यूहरु, सरकारी निकाय, स्थानीय प्रशासन, प्रदेश सरकार, स्थानीय तहका सरकारहरू, निजी क्षेत्र, नागरिक समाज र मिडियाको सक्रिय र सकारात्मक सहयोगको समेत अपेक्षा सरकारले गरेको छ।’मन्त्री बडूले सरकार जनताको हित र चासोप्रति सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभयो। सेतोपाटीबाट  
प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १५:४७
हाम्रो बारे

सधैं,सबैका लागि

सत्य निष्पक्ष र स्वतन्त्रतालाई आत्मसात गर्दै ग्लोबल म्याग्दी मिडिया प्रालिद्वारा सञ्चालित जिल्लाकै पहिलो आधिकारिक न्युज पोर्टल हो । बि.सं २०७२ मा दिप खबर डट्कम र ०७३ मा पश्चिम म्याग्दी न्युजलाई परिमार्जित गरेर ‘म्याग्दी न्युज डट्कम’ संचालनमा ल्याइएको हो ।
म्याग्दी न्युज डटकम तपाई हाम्रो साझा चौतारी हो ।म्याग्दी न्युज डटकमले स्थानिय, जिल्ला, राष्ट्रिय तथा अन्तराष्ट्रिय सहितको ताजा र खोजमूलक समाचार, मनोरञ्जनात्मक सामाग्रिहरु र विचार निरन्तर सम्प्रेषण गर्दै आइरहेको छ ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा म्याग्दी न्युजले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । यहाँहरुको समाचार, सूचना र विचार हामीलाई सम्प्रेषण गरी समाजलाई रुपान्तरण गर्ने हाम्रो आभियानको हिस्सा बन्न सबैमा हार्दिक आग्रह गर्दछौं ।
हाम्रो टिम
सम्पादक उमेश घर्ति मगर
प्रकाशक साधन राम्जाली मगर
भिडिओ सम्पादक विशाल गोतामे
स‌ंवाददाता धनिलाल गर्बुजा
काठमाडाैं प्रतिनिधि हिरा जुग्जाली
सुचना तथा प्रसारण विभाग २१०८/०७७–७८ संस्थापक
हामीलाई फेसबुकमा लाइक गर्नुहोस्
म्याग्दी न्यूज
© 2026 Myagdi News - For All,Forever. All Rights Reserved. Site by: SoftNEP